Friday, June 9, 2023

भीमफेदी प्रहरीद्वारा मरेका २५० कुखुरा नष्ट

ताजा / भरखरै प्राप्त

हेटौंडा-इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरको चेकपोष्टअगाडि सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा फेला परेका मरेका कुखुराहरु नष्ट गरिएको छ ।

विवश सापकोटाले काठमाडौंबाट हेटौंडातर्फ प्रदेश २–०३–००१ च ४१८० नम्बर पिकअपमा मरेको करिब २ सय ५० कुखुरा लोड गरी आउँदै गरेको अवस्थामा फेला पारिएकोहुँदा कुखुरासहित गाडी नियन्त्रणमा लिइएको थियो ।

मकवानपुरको हेटौंडा–८, कर्रास्थित अजय खड्काको खाली जग्गामा कोहीकसैलाई असर नपर्ने गरी भलाइ कोष अध्यक्ष राजेन्द्र मैनालीको रोहबर, कुखुरा व्यवसायी संघ सदस्य राजकुमार श्रेष्ठ र कोषाध्यक्ष ऋषिराम दुलालसहितको उपस्थितिमा खाल्डो खनेर मरेका कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles