Monday, June 5, 2023

पछिल्लो २४ घण्टामा १,३८६ संक्रमित थपिए, ११ को मृत्यु

ताजा / भरखरै प्राप्त

काठमाडौ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमित थपिएको छ भने ११ जनाको मृत्यु भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६८९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६१४ पुगेको छ भने ९ लाख ९ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका २८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा घट्न थाले संक्रमित

यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जना संक्रमित छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ५६, कैलालीमा ५२, धादिङमा ५०, मोरङमा ३७, झापामा ३४ र चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा २०, बाँके र रुपन्‍देहीमा १८-१८ जना, धनुषामा १६, तनहुँमा १५, सिरहा र बागलुङमा १३-१३ जना, स्याङ्जामा ११ तथा रौतहट र पर्वतमा १०-१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles