काठमाडौं । प्रधानन्यायाधीश एवं न्याय सेवा आयोगका अध्यक्ष चोलेन्द्रशमशेर जबराले डाकेको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
प्रधानन्यायाधीशबाहेक कोही पनि सदस्य बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो । बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी उपस्थित नभएपछि बैठक बस्न नसकेको हो ।
लोक सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परिक्षाको नतिजा सार्वजनिक गर्न आयोगको बैठक डाकिएको थियो ।