हेटौंडा-पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीमा सवारी दुर्घटना हुदा हेटौंडा-१० का एक पुरुषको मृत्यु भएको छ।
आइतबार दिउँसो पर्व-पश्चिम सडक खण्ड अन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसा बाट आउदै गरेको एनएल ०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्क दिदा स्कुटरमा सवार हैटौंडा-१० टिसिएनरोड बस्ने अन्दाजी ५०र५१ बर्षीय बुद्धि बहादुर श्रेष्ठको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताए।
गम्भिर घाईते उनको उपचारको क्रममा हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने सवारी प्रहरी नियन्त्रणमा रहेको तर चालक फरार रहेको जनाइएको छ।