Tuesday, June 6, 2023

इन्द्रसरोवरमा ‘पालिका प्रेस डटकम’ को परीक्षण सुरु

ताजा / भरखरै प्राप्त

हेटौंडा-सरस्वती पूजाको अवसरमा मकवानपुरमा नयाँ न्युज पोर्टल ‘पालिका प्रेस डटकम’ परीक्षण सुरु भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा मुख्य कार्यालय रहने गरी आजबाट पालिका प्रेस डटकमले परीक्षण सुरु गरेको हो ।

ग्रामिण क्षेत्रबाट स्थानीय खबरलाई राष्ट्रियकरण गर्ने अभ्यास स्वरुप पालिका प्रेसको शुभारम्भ गरिएको सम्पादक मणिराज थापाले बताए । विशेषतः स्थानीय पालिकाको खबरलाई प्राथमिकताको साथ प्रकाशन गर्ने उद्देश्यले अनलाईन शुरु गरिएको बताए । संघ, प्रदेश र स्थानीय पालिकाको सेवाप्रवाह र कार्य सम्पादनका विषय पालिका प्रेसको समाचारको विषयवस्तु बन्ने जनाइएको छ ।

वि.सं.२०६१ सालमा रेडियो पालुङबाट बाल कार्यक्रम उत्पादकको रुपमा पत्रकारिता शुरु गरेका सम्पादक थापा सामाजिक विषयवस्तुमा कमल चलाउँदै आएका थिए । रेडियो इन्द्रसरोवर संचालक संस्था इन्द्रसरोवर युवा क्लबमा अध्यक्ष समेत रहेका थापाले पालिका प्रेस परीक्षणका क्रममा सुधार गर्नुपर्ने सवालहरुमा प्रतिक्रिया दिन आग्रह समेत गरेका छन् ।

अनलाइनहरुको भिडमा पालिका प्रेसलाई छुट्टै पहिचानसहित पाठकहरु समक्ष पुर्‍याउने सम्पादक थापाले प्रतिवद्धता जनाएका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles