Tuesday, June 6, 2023

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

ताजा / भरखरै प्राप्त

दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बंगलादेशबाट भने २ अर्ब ६० करोड ९२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको भन्सार प्रमुख ओली बताउँछन् । समाचार आजको कारोबार दैनिकबाट

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles