Monday, June 5, 2023

झापाको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

बिर्तामोड-झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलीको एक जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी सुनिलसिंह दाहालले बताए ।

प्रहरीका अनुसार आगलागी भएको स्थानमा १३ वटा दमकल पुगेका थिए । तीमध्ये ३ वटा भारतबाट बोलाइएका थिए ।

मेचीनगर नगरपालिकाको दमकल विग्रिएका कारण समयमा आगो निभाउने प्रयास हुन सकेको थिएन । त्यसपछि भद्रपुर र विर्तामोडबाट दमकल बोलाइएको थियो ।

झापाका दमकलले मात्र नपुगेपछि मोरङका दमकल पनि बोलाइएको थियो । बाक्लो बस्ती भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरी बताउँछ ।

आगलागी भएको कारखाना श्याम खेतानको एसएस फुटवेयर रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए । फुटवेयरको नजिकको दुई घरमा पनि आगो फैलिएको थियो ।

आगलागीबाट ८ करोड रुपैयाँ बढी क्षति भएको प्रारम्भिक अनुमान छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles