Friday, June 2, 2023

गठबन्धन जोगाउन दौडधूप

ताजा / भरखरै प्राप्त

एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे । यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधूप गरे ।

काँग्रेसका नेताहरुले बुधबार दाहाल र नेपालसँग बेग्लाबेग्लै भेट गरे । दाहाल र नेपालले बिहान बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसीसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरुबीच खटपट उत्पन्न भएको छ ।

खटपट बढ्दै गए स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन टुट्न सक्छ । यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन् । समाचार आजको नागरिक दैनिकबाट

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles