Tuesday, June 6, 2023

कोरोना संक्रमणबाट १४ जनाको मृत्यु, ३ हजार भन्दा बढी संक्रमित थपिए

ताजा / भरखरै प्राप्त

काठमाडौं-पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०४ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ५०९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १९६, मोरङमा ८५, झापामा ७६, रुपन्देहीमा ६७, काभ्रेपलाञ्चोकमा ५१, चितवनमा ५८ र बाँकेमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा ४०, स्याङ्जामा ३४, दाङमा २९, मकवानपुरमा २६, कञ्‍चनपुरमा २४, बागलुङमा २२ र बर्दियामा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles