सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.५८ अंकले ओरालो लागेर २८७६.७४ विन्दुमा अडेको छ। नेप्से ओरालो लागेपनि कारोबार रकम भने वृद्धि भएको छ। बिहीबार २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा खरिद बिक्री भयो।
यसअघि बुधबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन। मंगलबार भने नेप्से परिसूचक १९.२९ अंकले वृद्धि भएको थियो। सो दिन २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा खरिदबिक्री भएको थियो।
सोमबार नेप्से सूचक १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा बन्द भएको थियो। सो दिन २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड १ लाख ७७ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भएको थियो। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
कारोबारको पहिलो दिन आइतबार भने सेयर बजारमा उछाल आएको थियो। यसदिन नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भएर २८ सय ८५।५३ विन्दुमा बन्द भएको थियो । सो दिन ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको थियो। ४ कम्पनीको ८ प्रतिशतभन्दा बढीले मूल्य बढेको थियो। यसदिन २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ करोड ३९ रुपैयाँमा खरिदबिक्री भयो। सकारोबारमा आएका १३ वटै समूहको परिसूचक उकालो लागेको थियो। बजारमा उछाल आएपछि लगानीकर्ताहरु हौसिएका थिए।
साताको अन्तिम दिन आज नेप्से परिसूचक फेरि ओरालो लाग्यो । यसदिन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ। आज सेन्सेटिभ इन्डेक्स ३.२६ अंकले बढेर ५३९.६४ विन्दुमा अडेको छ। कारोबारमा आएका १३ समूहमध्ये दुई समूहको मात्र सूचक बढेको छ। जलविुद्युतको ०.१९ प्रतिशत र निर्जीव विमाको ०.०९ प्रतिशतले सूचक बढेको हो। जीवन विमाको १.०६ र होटल तथा पर्यटनको १.२ प्रतिशतले ओरालो लागेको छ। बाँकी अन्य समूहको सूचक ०.९८ प्रतिशतसम्म सूचक घटेको हो।
यसदिन २ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। विन नेपाल लघुवित्त वित्तीयको १०.०० प्रतिशत र बुद्ध भूमिको ९.७३ प्रतिशतले सेयर मूल्य बढेको हो।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो पावर अग्रस्थानमा रह्यो। यसदिन सो कम्पनीको ८२ करोड बढीको सेयर कारोबार भयो। यस्तै अपि पावर कम्पनीले ५२ करोड, शिखर इन्स्युरेन्सले २६ करोड भन्दा बढीको सेयर कारोबार गरे। समग्रहमा यो साता पनि सेयर बजार उचारचढावमै बित्यो।