Friday, June 9, 2023

सोनाम ल्होछारको अवसरमा बागमती प्रदेश प्रमुख शर्माको शुभकामना

ताजा / भरखरै प्राप्त

हेटौंडा-बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

देश भित्र र बाहिरका समेत विभिन्न मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउँने २८५८ औं ताक ल्हो ९सोनाम ल्होछार० पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो पर्वलाई पनि हामी हाम्रा अन्य चाडपर्वहरुझैं एउटा महत्वपूर्ण पर्व मानिने गरिएको उल्लेख गरेका छन् । प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन्,‘तामाङ समुदायले चलाई आएको पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ । यो नववर्ष ‘सोनाम ल्होछार’ ले हामी सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’

प्रमुख शर्माले हामी संयौ थुङ्गा फूलका रंगीन बगैंचाका फूलहरु भएको उल्लेख गर्दै हामी बहुल जातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक समाजका अभिन्न अङ्ग भएको बताएका छन् । शुभकामना सन्देशमा उनले अन्य समुदाय सरह तामाङ समुदाय पनि उत्तिकै महत्वपूर्ण अङ्ग भएको बताएका छन् । प्रमुख शर्माले यो पर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने आफूलाई दृढ विश्वास रहेको शुभकामना सन्देशमा भनेका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles