Monday, June 5, 2023

मकवानपुरको रातोमाटेमा बस र मोटरसाइकल ठोक्किदा बकैयाका सुवेदीको मृत्यु

ताजा / भरखरै प्राप्त

हेटौंडा-मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा तर्फबाट जादै गरेको बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका ७ बस्ने बर्ष ३७ का शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक दोलखा शैलुङ-५ बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल मध्यम घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ । दुलालको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेका र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles