Tuesday, June 6, 2023

बैंकिङ कसुर मुद्दामा फरार रहेका लुइँटेल प्रहरीको फन्दामा

ताजा / भरखरै प्राप्त

हेटौंडा-बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-६ निवासी ४० वर्षीय सीताराम लुइँटेललाई प्रदेश नं.१ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा माघको १८ गते पक्राउ गरको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महिना सात दिन कैद र रु.१५ लाख जरिवानाको सजाय सुनाएको थियो । तर, अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार भएका थिए ।

प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको प्रहरीले जनाएका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles