Friday, June 2, 2023

कांग्रेस मकवानपुरको सभापतिमा जयराम लामिछानेको उम्मेदवारी घोषणा

ताजा / भरखरै प्राप्त

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि काँग्रेसका नेता जयराम लामिछानेले आज उम्मेदवारी घोषणा गरेका छन् । चुनावका लागि हेटौंडा(२ मा सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले जनताको विश्वास जित्दै गएको काँग्रेसलाई मकवानपुरको पहिलो पार्टी बनाउन उम्मेदवारी दिने बताए । उनले भने–‘ जनविश्वास बटुल्दै गएको कांग्रेसलाई पहिलो नम्बर बनाउन मेरो उम्मेदवारी हो ।’

उनले केही दिनमा प्यानल नै घोषणा गर्ने बताए । संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दै लामिछानेले उम्मेदवारी घोषणा गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, जिल्ला सचिव आन्नद कठायत, काँग्रेस मकवानपुरका नेता रिता खनाल, भीमसेन महत, इन्दिरा न्यौपाने लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कांग्रेस १४ औं अधिवेशनअन्तर्गत् मकवानपुरको निर्वाचनको मिति २ पटक घोषणा गरेर स्थगित भइसकेको छ । अधिवेशनको नयाँ मिति भने अझै घोषणा भएको छैन ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles