हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भए संगै जोखिम न्युनिकरणको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने भएको छ ।
गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्दै जोखिमलाई मध्यनजर गर्दै पुस २९ गतेबाट एक हप्ताको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने जनाएका छन् ।
सूचनामा अस्पतालको कोभिड १९ विरुद्धको खोप, आकस्मिक सेवा र प्रसुती सेवा बाहेकका अन्य सबै सेवा बन्द रहने जनाईएको छ ।
