Tuesday, June 6, 2023

मकवानपुरमा आज थप २५ जनामा संक्रमण पुष्टि

ताजा / भरखरै प्राप्त

हेटौंडा । मकवानपुरमा आज थप २५ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनामा पिसिआर र ६४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ९ जना र १६ जना गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा १२ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छने भने ५ जना मकवानपुरगढीका, थाहा र मनहरीका ४४ जना रहेका छन् ।

यसैबीच, सोहि समयमा जिल्लामा २ जनाले कोरोना भाईरसलाई जितेका छन् ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय २ पुगेको छ ।

जसमा २९८ जना आफ्नै घरमा र ४ जना संस्थागत आइसोलेसन हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६८ जनाको मृत्यु भएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles