Friday, June 2, 2023

बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा भट्टराईलाई जन्मकैद

ताजा / भरखरै प्राप्त

रसुवा । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।

जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो ।

भट्टराईलाई जन्मकैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles