Tuesday, June 6, 2023

नेपालमा एकै दिन ५ हजार ८७ जनामा संक्रमित पुष्टि, तीनको मृत्यु

ताजा / भरखरै प्राप्त

नेपालमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles