Friday, June 9, 2023

उत्पादन नहुँदा विदेश निर्यातमा ठप्प

ताजा / भरखरै प्राप्त

निशा गुरुङ

हेटौंडा/चालु आवमा २०७८–०७९ मा हेटौंडा दुग्ध वितरण आयोजनाले दूध उत्पादन गर्न नसक्दा घ्यु विदेश निर्यात गर्न सकेको छैन । गत आव २०७७–७८ मा हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यु विदेश निर्यात भएको थियो ।

करिब ४८ वर्षअघि हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित दुग्ध वितरण संस्थानअन्तर्गत् आयोजनाले गत वर्षबाट दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा घ्यु पठाउँदै आएको थियो । तर, चालु वर्षमा भने विदेशमा घ्यु पठाउन नसकिएको आयोजना प्रमुख नरेश जोशीले बताए ।

आयोजना प्रमुख जोशीका अनुसार आयोजनाले गत आव २०७७–०७८ मा ६५ हजार लिटर घ्यु ती देशमा निर्यात गरेको थियो । संघीय सरकारको स्वामित्वमा सञ्चालित उद्योगबाट एक वर्षमा सबभन्दा बढी जापानमा ४५ हजार, दक्षिण कोरियामा २२ हजार र अष्ट्रेलियामा ४ हजार लिटर घ्यु निर्यात भएको थियो ।

‘हाल घ्युको माग बढे पनि पठाउन सकिएको छैन । हामी अन्य देशमा पनि बिक्रीवितरण गर्न प्रयास गरिरहेका थियौं । तर, स्टक कम हुँदा स्थानीय बजारमा मात्र पुग्ने गरेको छ,’ जोशीले भने । गत वर्ष हेटौंडामा उत्पादित घ्यु विदेश पहिलो पटक निर्यात गरेको आयोजनाले चालु वर्षमा भने निर्यात गर्नै सकिएको छैन । ८ हजार लिटरसम्म घ्यु निर्यात गर्न सफल भएको आयोजनाले गत वर्ष भन्दा चालु आर्थिक वर्षमा ३५ प्रतिशत्ले दूध उत्पादनमा कमी आएपछि निर्यात गर्न नसकिएको जानकारी दिएको छ ।

आयोजनाले घ्युबाहेक दही, पनिर, मखन, फ्रेसमिल्क, लालमोहन, आइसक्रिम, प्रशोधित क्रिम, पेंडा र खुवालगायत पदार्थ पनि बिक्री गर्दै आएको छ । आयोजनाले बीरगञ्ज, हेटौंडा, नारायणघाट, काठमाडौंमा थोक तथा खुद्रा पसलबाट करिब ३० वर्षदेखि यी सामग्री बिक्री गरिरहेको छ । आयोजनाअन्तर्गत् रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको नवलपुर, बरहथवा, हरैया, बसबरिया र सिम्रौनगढमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको उनले बताए ।

आयोजनामा प्रतिदिन ६० हजार लिटर दूध, ३ हजार लिटर घ्यु, मख्खन र पनिर ५ सय केजी भण्डार क्षमता छ । आयोजनामा फ्रेसमिल्क १ हजार ५ सय बोतल प्रतिसिफ्ट, पेंडा ३ सय ६० प्याकेट प्रतिदिन र लालमोहन ९ सय प्याकेट प्रतिदिन उत्पादन हुने गरेको तथ्यांक छ । आयोजनाले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट दैनिक २५ हजार लिटर दूध संकलन गरिरहेको छ । गत वर्ष संकलित दूधको करिब ११ करोड भुक्तानी गरिएको थियो । चालु आर्थिक वर्षको मंसिरसम्म आयोजनाले ८ करोड भुक्तानी गरेको जोशीले बताए । आयोजनाले १ सय ६४ वटा दुग्ध उत्पादक सहकारी संस्था र ५ चिस्यान केन्द्रमार्फत् दूध खरिद गरेको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles