Monday, June 5, 2023

‘थप २८० जनामा संक्रमण पुष्टि’ पुस ४ देखि बालबालिकालाई खोप

ताजा / भरखरै प्राप्त

हेटौंडा–मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा ४ जना हेटौंडा उपमहानगरपालिकाका र एक जना मनहरी गाउँपालिकाका रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा थप ८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । जिल्लामा हाल ४३ जना सक्रिय संक्रमित उपचाररत् छन् । जिल्लामा हालसम्म कोरोनाका कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।

छिमेकी चितवनका अस्पतालमा बुधबार ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार पाँच जना भरतपुर अस्पतालमा र चार जना चितवन मेडिकल कलेजमा उपचाररत् छन् । उपचाररत् संक्रमितमध्ये भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा चार जना आईसीयुमा छन् ।

चितवनका अस्पतालमा उपचाररत् कोरोना संक्रमितमध्ये भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ । गोरखाका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनका अस्पतालबाट बुधबार तीन जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । ती सबै भरतपुर अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् ।

नेपालमा थप २ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ९ हजार २ सय १२ जनाको पीसीआर परीक्षणमा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टिजेन परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ सय छ भने ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ३५ छ । पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये १ सय १८ जना काठमाडौं उपत्यकाका छन् ।

हेटौंडाका सामुदायिक तथा निजी विद्यालयमा गएर खोप दिन लागिएको उपमहानगर मेयर हरिबहादुर महतले बताए । हरेक विद्यालयमा गएर खोप दिन स्वास्थ्य शाखाबाट सबै तयारी गरिएको उनले बताए । कोरोनाको नयाँ भेरिएन्टबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचारप्रसार गरिएको र किशोरकिशोरीलाई पनि खोप दिन लागिएको मेयर महतले बताए ।

अमेरिकी कम्पनी मोडर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ । विद्यालयमा विद्यार्थी संख्याका आधारमा खोप पठाइँदै छ । यस पटक अस्पतालबाहेक विद्यालय नै खोपकेन्द्र रहने छ । त्यहीअनुसार खोप पुस ४ गते विद्यालयमा गएर लगाइने हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख भोला चौलागार्इंले जानकारी दिए ।

थाहा नगरपलिकाभित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्ध मोडर्ना खोप लगाइने भएको छ । नगर शिक्षा शाखाका अनुसार पुस ४ र ५ गते ११ स्थानका खोपकेन्द्र (तोकिएका विद्यालय) मा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिन लागेको हो ।

४ गते झम्केश्वरी मावि खोपकेन्द्रमा झम्केश्वरी मावि र पालुङ मोडर्न मिडियम स्कुल, मत्स्यनारायण मावि खोपकेन्द्रमा मत्स्यनारायण र घाटदेवी आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय खोपकेन्द्रमा सरस्वती र पालुङ इङ्ग्लिस स्कुल, जनकल्याण मावि खोपकेन्द्रमा जनकल्याण, दुर्गादेवी आधारभुत विद्यालय तसर खोपकेन्द्रमा दुर्गादेवी, बज्रबाराही मावि खोपकेन्द्रमा बज्रबाराही माविका विद्यार्थीलाई ४ गते र इअन एकेडेमी र सरस्वती विद्या मन्दिरका विद्यार्थीलाई ५ गते खोप लगाइने छ ।

४ गते नै सुन्दरीदेवी मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव मावि, बागेश्वरी मावि र महांकाल प्राविका विद्यार्थीलाई पहिलो चरणमा मोडर्ना खोप लगाइने छ । ५ गते सुनौला मावि, हिमालयन बोडिङ स्कुल, सेतीगणेश आधारभुत विद्यालय र पालुङ भ्याली हार्ट एकेडेमीका विद्यार्थीलाई सेतीगणेशमा, वसन्त आधारभुत विद्यालय, सरस्वती मावि, बुद्ध आधारभुत विद्यालय, नाट्येश्वर माविमा नाट्येश्वर र चम्पेश्वर आधारभुत विद्यालयका विद्यार्थीलाई खोप लगाइने कार्यक्रम छ ।

उक्त खोप लगाएका बालबालिकालाई सामान्य किसिमका प्रभाव देखिनसक्ने संक्रामक रोगविज्ञहरु बताउँछन् । खोप लगाएका बालबालिकामा खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्छन् । तर, यी सामान्य समस्या हुन्, आत्तिनु नपर्ने विज्ञहरुको भनाइ छ । प्रयोग गरिएको फाइजर र प्रयोगको तयारी भएको मोडर्ना खोप लगाएपछि गम्भीर प्रभाव देखिएका छैनन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका विद्यालय जाने भएकाले भिडभाडमा मिसिन्छन् । भिडमा रहनेले खोप लगाउनु सुरक्षित रहने विकल्प भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । बालबालिकालाई मास्कको प्रयोग गर्न, छिनछिनमा हात हुन वा स्यानिटाइजर प्रयोग गराउन मुस्किल हुन्छ । त्यसैले खोप लगाउँदा सुरक्षा बढ्छ, संक्रमण भइहाले पनि अवस्था गम्भीर बन्नबाट रोक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बालबालिकाहरुलाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी भइरहेको बताएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोपकेन्द्र राखेर खोप लगाइने उनको भनाइ छ ।

उनका अनुसार पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्ध खोप लगाउन मोडर्ना खोप ल्याएको छ । उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत् र व्यवहारिकरुपमा तयारी गरिसकेको जानकारी दिए ।

‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ,’ मन्त्री खतिवडाले भने–थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles