मउवा संघ महासचिवमा उप्रेती

0
339

हेटौंडा–मकवानपुर उद्योग वाणिज्य संघका बिभिन्न पदहरुमा बुधबार मनोनयन गरिएका छन् । संघको विधानको प्रावधानअनुसारका बिभिन्न पदहरुमा मनोनयन गरिएको हो ।

रोजगारदाता परिषद् सभापतिमा संघ उपाध्यक्ष उज्ज्वल चौलागाईं, बस्तुगत समन्वय समिति संयोजकमा संघ उपाध्यक्ष राजु अधिकारी, महासचिवमा दीपक उप्रेती, वाणिज्य सचिवमा माधव ज्ञवाली, एसोसिएट सचिवमा राजाराम कार्की र उद्योग सचिवमा श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्षमा निलम पाण्डे, महिला उद्यमी विकास समिति सभापतिमा अंकिता सुमार्गी, बस्तुगत समन्वय समिति सहसंयोजकमा तेजराज अधिकारी र प्रदीप अर्याल, सल्लाहकारमा उत्तमप्रसाद शर्मा, कानुनी सल्लाहकारमा ईश्वरराज ढकाल र आईटी परामर्शदातामा निरज श्रेष्ठ चयन भएका हुन् ।

यसअघि संघका पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, कोषाध्यक्षमा सन्तोषकुमार अर्याल, कार्यसमिति सदस्यमा रवि कँडेल शर्मा, जगदीश दाहाल, विशेष आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्णराज कोइराला मनोनित भएका थिए भने सल्लाहकारमा हीरालाल श्रेष्ठ, श्यामसुन्दर ढकाल, अशोक शाक्य, महेन्द्र राउत, नरोत्तम दहाल र सरोज खनाल चयन भएका थिए । अध्यक्ष सल्लाहकारमा विष्णुप्रसाद घिमिरे पनि यसअघि नै चयन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here