Tuesday, June 6, 2023

पीडा पोख्दै बनकरिया

ताजा / भरखरै प्राप्त

सरकारलाई दबाब दिने सांसद्हरुको प्रतिवद्धता

–हरि हुमागाईं

हेटौंडा–मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर–४, मुसेधापमा रहेको बनकरियामा वस्तीमा वागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्रीदेखि सांसद्हरुसम्म पुगेका छन् ।

जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा ‘नागरिकसँग सांसद्’ विषयक अन्तत्र्रिmयामा वागमती प्रदेशसभा सदस्यहरुले उनीहरुको समस्या बुझेका हुन् ।

खुला चौरमा गरिएको अन्तत्र्रिmयामा बनकरियाहरुले वषौंदेखिको जंगली जीवन छाडेर बस्दै आएको जमिनको लालपुर्जा पाउनुपर्ने, गाउँमा विद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गनुपर्र्ने माग गरेका छन् । उनीहरुलाई प्रदेशसभा सदस्यहरुले बनकरियाका समस्या समाधान गर्न तीनै तहका सरकारलाई दबाब दिने विश्वास दिलाएका थिए ।

बनकरियाका कारण मकवानपुर चिनियो
वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बनकरियाका कारण मकवानपुरको चिनारी भएको बताए । कार्यक्रममा उनले बस्ती व्यवस्थित बनाउन आफूहरुले तीनै तहका सरकारलाई दबाब दिने बताए । बनकरिया समुदायले पनि लालपूर्जा पाउने चरणमा पुग्दा भूमि आयोग खारेज भएकोमा उनले आपत्ति जनाए । बस्तीलाई स्थायी बनाउन आफूहरुको पहल हुने उनले बताए ।

बस्तीनजिक विद्यालय नहुँदा समस्या भएकाले विद्यालय खोल्नुपर्नेमा जोड दिँदै पौडेलले भने–स्कुल खोल्न हामी लाग्छौं । हाल यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो, त्यतिसम्म निःशुल्क हुनुपर्छ । विद्यालयस्तरमा पढ्न शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वातावरण तयार पार्छ । बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलीको उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिइने उनले बताए ।

हीनतावोध नगरौं
प्रदेशकी निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफूले आफूलाई बनकरिया हौं भनेर हीनतावोध नगर्न आग्रह गरिन् । उनले भनिन्–समुदायको विकास गर्न हामी लाग्छौं । अब तपाईंहरु र हामी सबै एउटै हौं । त्यसैले कुनै पनि काममा अग्रसर भएर लागौं । समुदायको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर काम गरिने उनले बताइन् । हरेक समस्याको समाधान हुने भएकाले आयआर्जन र बृत्तिविकासमा लाग्न उनले आग्रह गरिन् ।

समस्या बुझ्न गाउँमै
प्रदेशसभाका सदस्य सन्त चेपाङले बनकरियाका समस्याहरु बुझ्नका लागि आफूहरु गाउँमै आएको बताए । उनले सीमान्तकृत र लोपोन्मुख समुदायका समस्या बुझेर त्यहीअनुसार काम गरिने बताए । बस्तीमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

आत्मनिर्भर बन्न लागौं
वागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले बनकरियाहरु आत्मनिर्भर बन्न लागिपर्नुपर्ने बताए । जीवन बाँच्नका लागि संघर्ष गरिने बताउँदै उनले भने–आत्मनिर्भर बन्नका लागि सोचौं, तपाईंहरुले छिटै जग्गाको पूर्जा प्राप्त गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु । बस्ती व्यवस्थित गर्न सहयोग ग।िने भन्दै उनले नागरिकले भनेजस्तो कानुन तत्काल बनाउन नसक्दा समस्या भएको बताए ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बस्तीलाई स्थायी गराउन संघीय सरकारसँग पहल भइरहेको बताए । मनहरीमा ८ सय परिवार सुकुम्बासी रहेको उनले बताए । मनहरी–४ का वडा अध्यक्ष धु्रव खड्काले बस्तीका लागि सबै सांसद्ले ध्यान दिनुपर्ने बताउँदा वडा सदस्य विष्णु चेपाङले विद्यालय टाढा हुँदा समस्या भोग्नुपरेको बताए ।

कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोषी बनकरियाले वर्षौंदेखि जग्गाको उपभोग गर्दै आए पनि आफ्नो नाममा नहुँदा समस्या भएको बताइन् । आफूहरुलाई शारीरिक परिश्रम गर्न अप्ठेरो नभएको बताउँदै उनले भनिन्–जग्गा छ । खेती गर्दै आएका छौं । तरकारी पनि लगाएका छौं । तर, बारम्बार बन कार्यालयले बस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौं । वर्षामा बाढी आएर भाग्नुपर्ने बाध्यता छ ।

स्थानीय ठूलीमाया बनकरियाले आफूहरु पहिले जंगलका ओडारमा बसेको भए पनि हालको पुस्तालाई यहीं बस्ने वातावरण मिलाउन सांसद्हरुसँग माग गरिन् । बिरामी हुँदा एम्बुुलेन्स आउनसक्ने सडक नहुँदा समस्या परेको उनले दुःखेसो पोखिन् ।

स्थानीय बुद्धराम प्रजाले उक्त क्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताए । सरकारले बस्तीबाट हटाउन खोज्नु भन्दा पनि स्थायीरुपमा बसोबास गराउनुपर्ने स्थानीय कान्छीमाया बनकरिया बताइन् ।

जनपत्र मिडिया प्रालि अध्यक्ष हरि हुमागाईंले सांसद्हरुले समुदायमै गएर छलफल गर्दा स्थानीयका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दबाब दिन सहज हुने बताए । जनताको पहुँचमा सांसद्हरुलाई अझै पहुँचयोग्य बनाउन उक्त कार्यक्रम बनकरिया बस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसँग प्रत्यक्ष सम्वाद राखिएको हो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles