Friday, June 9, 2023

७ हजार ५ सय हेक्टर धानमा असर

ताजा / भरखरै प्राप्त

हेटौंडा–बेमौसमी वर्षाका कारण वागमती प्रदेशमा किसानले लगाएको धानबालीमा क्षति पु¥याएको छ । प्रदेशका बिभिन्न जिल्लाबाट प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट विवरण संकलन गरिएको छ । अझै पनि विवरण आउने क्रम जारी छ ।

वागमतीमा भने ७ हजार ५ सय हेक्टरमा असर गरे पनि क्षति भने ५ सय ३० हेक्टरमा मात्र भएको प्रारम्भिक अध्ययन भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बताए । प्रदेशमा ५ करोड ८० लाख बराबरको २ हजार ६८ टन धान क्षति भएको उनले बताए ।

चितवनमा २ सय ९७, मकवानपुरमा ८०, धादिङमा ७५, सिन्धुलीमा ३३ र नुवाकोटमा ३० हेक्टर क्षेत्रफलमा गरिएको धानमा क्षति भएको छ । मनसुन समयमै सक्रिय भएर रोपाइँ राम्रो भए पनि वर्षाले धानबाली नष्ट भएपछि उत्पादन केही घट्नसक्ने जानकारहरु बताउँछन् ।

किसानले खेतमा लगाएको धानमा राहत रकम उपलब्ध गराउने विषयमा सात वटै प्रदेशका कृषिमन्त्री र सचिवबीच छलफलपछि निष्कर्ष निकालिने सचिव पाण्डेले बताए ।

वागमती प्रदेशले जिल्लाका कृषि ज्ञानकेन्द्र र स्थानीय तहको सिफारिसमा वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गरेको थियो । कृषि प्राविधिकसहित टिमले अनुगमनसमेत गरेको थियो ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार सबभन्दा धेरै चितवनमा धानखेतीमा क्षति भएको छ । चितवनमा २९६.९ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती नष्ट भएको छ भने ३ करोड २५ लाख ३७ हजार २ सय ७१ रुपियाँ नोक्सान भएको उनले बताए । मकवानपुर जिल्लामा ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती नष्ट हुँदा ८७ लाख ६७ हजार २ सय रुपियाँ क्षति पुग्न गएको छ । धादिङमा ७४.८ हेक्टर क्षेत्रफलमा लगाइएको धान क्षति भएको छ भने ८१ लाख ९७ हजार ३ सय ३२ रुपियाँ नोक्सान भएको छ ।

सिन्धुलीमा ३३.३ हेक्टरमा भएको धानबाली क्षतिमा ३६ लाख ४९ हजार ३ सय ४७ रुपियाँ, नुवाकोटमा २९.६५ हेक्टर धानबाली क्षति हँुदा ३२ लाख ४९ हजार सय ४३ रुपियाँ नोक्सान भएको प्रदेश कृषि मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए ।

शुक्रबारसम्मका १३ वटै जिल्लाबाट आएको विवरणअनुसार रामेछापमा ५.०५७, दोलखामा ३.७, सिन्धुपाल्चोक र काभ्रेमा ३÷३ र रसुवामा १ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको हो ।

मन्त्रालयका सचिव डा. पाण्डेको नेतृत्वमा धानबालीमा भएको क्षतिको विवरण संकलन गर्न ¥यापिड रेस्पन्स टिम गठन भएको थियो । टिमले प्रदेशका १ सय १९ वटै स्थानीय तह र कृषि ज्ञानकेन्द्रमार्फत् विवरण संकलन गरेको सूचना अधिकारी अनुप अधिकारीले बताए । पानीले धानीबाली क्षति व्यहोरेका किसानलाई राहत वितरणबारे मन्त्रालयमा छलफल भएको उनले बताए ।

बेमौसमी वर्षाका कारण काटेर भि¥याउन तयार रहेको धान डुबानमा परेको छ । काटेको धेरै दिन खेतमै डुबेर बसेकाले धान उम्रिन थालेको छ । संघीयतासँगै देशमा तीन तहको सरकार बने पनि बेमौसमी वर्षाबाट पीडित किसानलाई कसैले वास्ता नगरेको भन्दै किसानहरु आक्रोशित बन्न थालेका छन् ।
देशमा जतिसुकै तहको सरकार भए पनि किसानहरु पीडामा पर्दा बोलिदिने, उनीहरुलाई अल्पकालीन र दीर्घकालीन राहत एवम् क्षतिपूर्तिको व्यवस्था नगरेकोमा किसानहरु आक्रोश व्यक्त गर्न थालेका छन् ।

राम्रो धान उब्जाउ होला, वर्षभर खाउँला अनि उब्रिएको बेचेर घरखर्च चलाउँला भन्ने किसानहरुको आश तुषारापात भएको छ । पानीमा डुबेर फेदै कुहिएको धानको अवस्था हेर्दा मान्छेलाई खान धान होइन वस्तुलाई खुवाउन पराल पनि नआउने अवस्था रहेको छ । किसानको संकटमा सरकार भने तमासा हेरेको भन्दै किसानहरु सरकारको आलोचना गर्न थालेका छन् । खेतमा उम्रिएको धान हेरेर अनि अब के खाने, घरखर्च कसरी धान्ने भन्ने चिन्ताले उनीहरुलाई सताउने गर्छन् । उनीहरु केही हुन्छ कि भनेर उनीहरु उम्रिएकै धान बारिबाट उठाइरहेका छन् ।

जसोतसो उम्रिएकै धान भएनी सुकाउदै थ्रेसर लगाएर झारिरहेका छन् । तर, यसरी झारेको धान न खान मिल्छ, न बेच्न नै । केवल चित्त बुझाउने बाटोमात्र भएको किसानहरु बताउँछन् । आफ्नो लगानी पनि नउठ्ने भएपछि किसानलाई धान उत्पादन गर्दा लागेको ऋण कसरी तिर्ने होला भन्ने चिन्ताले सताएको छ ।

सरकार किसानको पीडामा मलम लगाउने भन्दा पनि भागवण्डामै रमाइरहेको किसानहरुको आक्रोश छ । उनीहरु भन्छन्–सरकारलाई त पुगेको छैन, हामीलाई के देलान् ? आफ्नो धान पानीमा डुबिरहँदा पनि जनप्रतिनिधि फर्केर नआएको किसानहरुको गुनासो छ ।

भोट माग्ने बेला घरघर हात जोडेर आउने नेताहरु आफूहरुको धानबारिमा उम्रिँदासम्म पनि फर्केर भेट्न नआएको उनीहरुको भनाइ छ । नेताहरुले खेतमै आएर किसानको पीडामा मलम लगाउनुपर्नेमा फेसबुकमा ‘किसानको पीडामा दुःख व्यक्त गर्दछु’ भन्दै लेखेर झारा टारेको उनीहरुको आरोप छ ।

सरकारले आश्वासनमात्र होइन, देखिनेगरि तत्काल राहत तथा क्षतिपूर्ति दिनुपर्ने र आगामी दिनहरुमा पनि आउनसक्ने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारले योजना ल्याउनुपर्ने किसानहरु बताउँछन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles