Friday, June 9, 2023

शैक्षिक क्यालेन्डरप्रति ध्यानाकर्षण

ताजा / भरखरै प्राप्त

शिक्षकको हितमा नभएको निष्कर्ष

सुनिता बिष्ट
हेटौंडा–मकवानपुरका १० वटै पालिकामा शिक्षक क्यालेन्डर प्रकाशन भएका छन् । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाईं योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापको जानकारीका लागि वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन गरिँदै आएको हो । यसअनुरुप जिल्लाका १० वटै स्थानीय निकायले शैक्षिक वर्ष २०७८ को शैक्षिक क्यालेन्डर अर्थात् शैक्षिक पात्रो प्रकाशन गरेका हुन् ।

स्थानीय निकायहरुले शैक्षिक पात्रो प्रकाशन गरेसँगै नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मकवानपुरले भने आपत्ति जनाएको छ । शैक्षिक पात्रो निर्माण गर्दा बिगतको पात्रो बनाउने परिपाटीलाई बेवास्ता गर्दै शिक्षकको हकहित र सुबिधालाई कुण्ठित गरी निर्माण तथा प्रकाशन भएको र १० वटा पालिकामा फरकफरक समयमा विद्यालय खुल्ने तालिका बनेको भन्दै नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मकवानपुरले ध्यानाकर्षण गराएको छ ।

जिल्लाका सबै स्थानीय निकायका विद्यालयमा एउटै नियम लागु हुनुपर्ने भन्दै बुधबार ध्यानाकर्षणपत्र निकालिएको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मकवानपुर अध्यक्ष जीधराज ढकालले बताए । जिल्लाका सबै स्थानीय तहमा एकरुपतासहित विद्यालय सञ्चालन हुनुपर्ने, हिउँदे, बर्खेलगायत बिदाका दिनहरु स्पष्टरुपमा नखुलाइएको भन्दै सबै बिदाहरु स्पष्टरुपमा खुल्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

‘सबै तहका शैक्षिक गतिविधिलाई समानरुपले सञ्चालन गर्नुपर्ने तथा तत्काल क्यालेन्डरमा संसोधन गरेर शैक्षिक गतिविधिलाई एकरुपता ल्याउन ध्यानाकर्षण गराएका छौं,’ महासंघ अध्यक्ष ढकालद्वार जारी ध्यानाकर्षणपत्रमा भनिएको छ ।

त्यसो त, नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका तथा बागमती गाउँपालिकाले विद्यालय खुल्ने सम्बन्धमा मंगलबार प्रकाशन गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएको छ ।

शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुरलाई ध्यानकर्षणपत्र बुझाइएको भन्दै नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मकवानपुर अध्यक्ष ढकालले भने–पालिकाहरुले आफ्नै हिसाबले शिक्षा सरोकारवालासँग समन्वय नगरी शैक्षिक क्यालेन्डर प्रकाशन गर्नु शिक्षकको अधिकारप्रति हस्तक्षेप भएको महसुस हुनु हो,’ उनले भने ।

संविधानले शिक्षा सम्बन्धि नियमहरु बनाउने अधिकार पालिकालाई दिए पनि पालिकाहरुले शिक्षकहरुसँग समन्वय गरेरमात्र प्रकाशन गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले भने–वर्षमा एकपटक ४५ दिन बर्खे बिदा दिने नियम थियो । कोरोना प्रभावले बन्द रहेका शैक्षिक संस्थाहरु यसै पनि खुल्न सकेका थिएनन् । विद्यार्थीको भविष्यबारे हामी उत्तिकै जिम्मेवार छौं । तर, शिक्षकको हकहितलाई कुण्ठित गर्नुअघि पालिका भित्रका शिक्षा सरोकारवालाहरुलाई राखेर प्रकाशन गरेको भए हुन्थ्यो भन्ने महासंघको धारणा हो ।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मकवानपुर अध्यक्ष ढकालका अनुसार जिल्लाका १० वटा पालिकामा पनि फरकफरक दिनहरुमा विद्यालय खुल्नु भन्दा सबैतिर एकै दिन सञ्चालन भए राम्रो हुन्थ्यो भन्ने छ । शिक्षकको बिदा उक्त क्यालेन्डरमा खुलाएर दिनुपर्ने ढकालको माग छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles