Tuesday, June 6, 2023

शिक्षक दिवसमा महिला प्रधानाध्यापक सम्मानित

ताजा / भरखरै प्राप्त

हेटौंडा–अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा हेटौंडामा महिला प्रधानाध्यापकलाई सम्मानित गरिएको छ । शिक्षक दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका ३ महिला प्रधानाध्यापक सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा अमर माध्यमिक विद्यालय हेटांैडा–१ की प्रधानाध्यापक मालती उप्रेती, बाराही निम्न माध्यमिक विद्यालय हेटांैडा–१ की प्रधानाध्यापक मञ्जु देबकोटा र भावना प्राथमिक विद्यालय हेटांैडा–१८ की प्रधानाध्यापक रुपा रिजाल छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । डेक नेपालसँगको सहकार्य र शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुरसँगको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) मकवानपुरले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य, शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुर प्रमुख प्रेमराज खरेल र शाखा अधिकृत कृष्णप्रसाद पौडेलको विशेष आतिथ्यता तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश संयोजक खतिवडाले ‘गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका र शिक्षकको उत्तरदायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) मकवानपुरसंयोजक बुद्धवीर लामाले सहजीकरण गरेको कार्यक्रममा वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक उप्रेती, प्राध्यापक सुरेश श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय शिक्षा दिवसको उपादेयताबारे मन्तव्य व्यक्त गरेका थिए ।

हरेक वर्ष अक्टोबर ५ मा मनाइने अन्तर्राष्ट्रिय शिक्षक दिवसको यस वर्षको नारा ‘शैक्षिक सुधार केन्द्रमा शिक्षक’ भन्ने छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) मकवानपुरको भेला सम्पन्न भएको छ । कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) बागमती प्रदेश संयोजक खतिवडाको प्रमुख आतिथ्यता तथा एनसीई मकवानपुर संयोजक लामाको सभाध्यक्षतामा भएको थियो । भेलाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साधारणसभाका लागि प्रतिनिधि चयन गरेको बताइएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles