Tuesday, June 6, 2023

‘सुस्मिता हत्या’ फरार रहेका कार्की अदालतमा उपस्थित

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडा–४, कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्बन्धि मुद्धामा फरार रहेका ३४ वर्षीय अरुण कार्की अदालतमा उपस्थित भएका छन् । उनी सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका हुन् ।

हत्या प्रकरणपछि फरार रहेका उनी सोमबार अदालतमा उपस्थित भएको र उनको बयान भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार फरार अरुणविरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो ।

उनको मंगलबारबाट थुनछेक बहस शुरु भएको उनले जानकारी दिए । सुस्मिताको हत्या २०७७ असार १ गते राति हेटौंडा–४, कर्रास्थित आफ्नै घरमा भएको थियो । सुस्मिताको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि हत्या भएको करिब दुई हप्तापछि परिवारका सदस्यहरु पक्राउ परेका थिए ।

जिल्ला अदालत मकवानपुरकी न्यायाधीश सीता शर्माअधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न यसअघि नै आदेश दिइसकेको छ । हत्यामा संलग्न भनिएका ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई आजीवन कैद सजाय माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

घटनाको मतियारका रुपमा सासु तुलसाकुमारी थापालाई १२ वर्ष जेल सजाय, अर्की नन्द २७ वर्षीय दुर्गा थापा र उनका पति ३४ वर्षीय अरुणलाई हत्या गर्न षडयन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको थियो ।

कपिलबस्तु माइती भएकी सुस्मिताको वीभत्स हत्या अभियोगमा पक्राउ परेका चार आरोपी पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त प्रकरण देशमै चर्चित बनेको थियो । अदालतको आदेशले पीडित पक्षले शान्तिको सास फेरेका छन् । अभियुक्तहरुलाई आजीवन कारावास माग्दै हेटौंडामा महिलाले बजार र अदालत परिसरमा दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।

आदेशपछि ससुरा प्रकाशलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ भने सासु तुलसाकुमारी, जेठी नन्द दुर्गा र कान्छी नन्द सीतालाई चितवन कारागार पठाइएको छ । असार २ गते शव फेला परेकी सुस्मिताको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले असार १५ गते सार्वजनिक गरेको थियो ।

असार १ राति घरकै भान्सामा काठको लौरो र सिलौटाले टाउकोमा प्रहार गरी सुस्मिताको हत्या गरेको उनीहरुमाथि आरोप छ । २०७६ बैशाख १८ गते बिहे भएकी सुस्मिताका पति रुपेन्द्र थापाको हेटौंडा आउँदै गर्दा २०७६ असोज २३ गते नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ ।

पतिको निधनपछि सुस्मितालाई परिवारले मानसिक यातना दिनुका साथै क्रुरढंगले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाइ छ । प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजितरुपमा परिवारबाट हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको थियो ।

मृतकका पतिको सवारी दुर्घटनामा निधनपश्चात् पाउने क्षतिपूर्तिबापत् रकम ५ लाख सुस्मिताले प्राप्त गरेको र घरपक्षले ‘हामीले पाउनुपर्छ’ भनेर विवाद सिर्जना गरेका थिए । रुपेन्द्रको निधनपश्चात् उनको बीमाबापत् आउने करिब ४० लाख, उनी कार्यरत् क्लोजर सिस्टम इन्टरनेसनल (सीएसआई) बाट आउने तलबभत्ता तथा बोनस ससुरा प्रकाश आफूले पाउनुपर्ने दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।

मृतककी पतिको निधनपश्चात् दुर्घटना बीमा, सामाजिक सुरक्षाकोष तथा कार्यरत् संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपियाँ प्राप्त भएको रकमको विषयलाई लिएर परिवारमा कलहको अबस्था सिर्जना भएको थियो ।

मृतक केसीलाई परिवारका सदस्यहरुले पति मर्नुमा उनकै दोष हो भनी पटकपटक मानसिक तनाव दिँदै आएको प्रहरीले खुलाएको छ । सुस्मितालाई ससुराले घरको बाथरुमा यौन दुव्र्यवहारको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यले आर्थिक प्रलोभन र यौन दुव्र्यवहार लुकाउन सुस्मिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । ‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा आफ्नो सामाजिक प्रतिष्ठा खेर जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर हत्या गरिएको देखिन्छ,’ प्रहरीले पत्रकार सम्मेलनमा भनेको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles