९० प्रतिशत् वडामा सर्वसम्मत्

–मानवी बानियाँ
हेटौंडा–नेपाली कांग्रेस मकवानपुरको आइतबार १ सय २ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि भएको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत् चयन भए भने केही वडामा कार्यसमिति र केही वडामा क्षेत्रीय प्रतिनिधि पदका लागि निर्वाचन सम्पन्न भएको हो ।
जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन भव्यतासाथ सम्पन्न भएको जिल्लाका कांग्रेस प्रवक्ता प्रदीप कोइरालाले जानकारी गराए । कोइरालाले यो समाचार तयार पार्दासम्म दिएको जानकारीअनुसार कतै निर्वाचन भएको र कतै मतगणना भइरहेकोे र यसको पूर्ण जानकारी सोमबार दिउँसोसम्म आउनेछ । आइतबार बेलुकासम्मको नतिजामा जिल्लाका बिभिन्न वडामा सर्वसम्मत्ले नेतृत्व चयन भएको देखिन्छ ।
हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् केही वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत् चयन भएका छन् भने केही वडामा सर्वसम्मत् हुन नसकेको पदमा निर्वाचन भइरहेको निर्वाचनमा खटिएका निर्वाचन अधिकृतले जनाए ।
हेटौंडा वडा नम्बर–१ मा सर्वसम्मत् चयन असफल भएपछि निर्वाचन भएको बुझिएको छ । वडा नम्बर–२ को वडा कार्यसमिति सभापतिसहित क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको छ । हेटौंडा—३ वडा सभापतिमा ढलकबहादुर थापा नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित भएको र क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा–४ को सभापतिमा हरिप्रसाद पौडेल चयन भएका छन् । वडा अधिवेशनले सर्वसम्मत्रुपमा पौडेलसहित २५ जनाको कार्यसमिति चयन गरेको हो । वडा समितिको उपसभापतिमा अर्जुनप्रसाद देबकोटा र इन्दिरा कोइराला, सचिवमा रमेश मुडवरी र विजय कार्की, सहसचिवमा रामेश्वर पराजुली र रामप्रसाद प्रसाईं चयन भएको मतदान अधिकृत प्रद्युम्न आचार्यले जानकारी दिए ।
अधिवेशनले ४ नम्बर वडा समितिमा पदाधिकारीसहित २५ जना र क्षेत्रीय प्रतिनिधिमा २९ जना सर्वसम्मत् चयन गरेको छ । कोषाध्यक्ष निर्वाचन समितिले केही दिनमा मनोनित गर्ने जनाइएको छ । ४ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधिमा प्रदीप कोइराला, रमेश गिरी, हरिराज खरेल, रमेश कोइराला, शिवराम सुबेदी, रामहरी आचार्य, गणेशहरी उप्रेती, डा. गणेश लामा, कविन सांगामी, शुक्र जोशी, विक्रम लामा, अञ्जना उपाध्याय, निर्मला महर्जनलगायतलाई चयन गरेको हो ।
नवनिर्वाचित सभापति पौडेलले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रका पक्षधरलाई नेतृत्व तहमा पु¥याउन अहिलेदेखि नै कांग्रेसका नेता, कार्यकर्ता र सुभेच्छुकहरु लागिपर्नुपर्ने बताए । आफूलाई निर्वाचित गराउन भूमिका निर्वाह गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।
हेटौंडा–५ मा यम श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको छ । वडा–६ को सभापतिमा रामहरी तिमल्सिना चयन भएका छन् । वडा अधिवेशनले तिमल्सिनालाई सर्वसम्मत्रुपमा चयन गरेको हो । वडा समिति उपाध्यक्षमा केशब धिताल र ठाकुरप्रसाद चौलागार्इं, सचिवमा कृष्ण दुलाल र राजकुमार फुयाँल, सहसचिवमा रामजी घिमिरे र विक्रम दंगाल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले केही दिनमा सदस्यबाट कोषाध्यक्ष नियुक्त गर्ने जनाइएको छ ।
सदस्यहरुमा दिल्लीप्रसाद चौलागार्इं, डोरबहादुर अधिकारी, नवराज चौलागार्इं, होमबहादुर राई, भरत देबकोटा, सूर्यप्रसाद दुलाल, नुरप्रसाद तिमल्सिना, सुपेन्द्र खनाल, अमुना सापकोटा, पवित्रा राई, कमल सुबेदीलगायत छन् ।
अधिवेशनले क्षेत्रीय प्रतिनिधितर्फ अर्जुनप्रसाद चौलागार्इं, होमनाथ गौतम, राजकुमार बाँस्तोला, गोपालप्रसाद दुलाल, विष्णु दाहाल, सुमित्रा न्यौपाने, क्षेत्रमाया भण्डारी, शोभा खतिवडा, गायत्री घिमिरे, कृष्णप्रसाद चौलागार्इं, सुवास न्यौपाने, केशबप्रसाद घिताल, रोशन घिमिरेलगायतलाई चुनेको मतदान अधिकृत दीपक देबकोटाले जानकारी दिएका छन् ।
हेटौंडा— ७ को सभापतिमा दामोदर गौतम सर्वसम्मत् चयन भएका छन् । हेटौंडा—८ मा वडा तथा क्षेत्रीय प्रतिनिधिको सम्पूर्ण पदमा निर्वाचन हुने लगभग पक्का देखिएपछि सहमति नभएपछि निर्वाचनको तयारी सुरु गरिएको सहायक मतदान अधिकृत मन्दिरा फुयाँलले जानकारी दिएकी हुन् ।
हेटौंडा वडा नम्बर–९ मा पनि कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको छ र नजिता आउन समय लाग्ने बताइएको छ । हेटौंडा—१० वडा सभापतिमा युवराज भोम्जन सर्वसम्मत् चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत् चयन भइसकेका छन् ।
हेटौंडा—१२ वडा सभापतिमा सुदर्शन लामा सर्वसम्मत् चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत् चयन भइसकेका छन् । हेटौंडा—१३ वडा समिति सभापतिमा आइतमानसिं लामा सर्वसम्मत् चयन भइसकेको र क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत् गराउने प्रयास भइरहेको सहायक मतदान अधिकृत दिलकुमार लामाले बताए ।
हेटौंडा—१४ वडा सभापतिमा मनोजकुमार लामा सर्वसम्मत् चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत् चयन भएका छन् । हेटौंडा—१५ वडा सभापतिमा नवराज घलान सर्वसम्मत् चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत् चयन भएका छन् ।
हेटौंडा—१६ सभापतिमा सोमनाथ दंगल, हेटौंडा—१७ सभापतिमा नवराज न्यौपाने, हेटौंडा—१८ सभापतिमा राजेन्द्रराज बानियाँसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत् चयन भएको जनाइएको छ । हेटौंडा—१९ वडा सभापतिमा विष्णुलाल स्यांतान सर्वसम्मत् चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत् चयन भइसकेका छन् ।
थाहा नगरका वडा नम्बर–१, ३, ४, ६, ५ र ८ मा २ बजे नै सर्वसम्मत् पदाधिकारी चयन भएको बताइएको छ । मकवानपुरका अन्य स्थानीय तहअन्तर्गत् वडाको नतिजा आउने क्रममा रहेको कांग्रेस मकवानपुर प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।
मनहरी–५ मा उप्रेतीको नेतृत्व
नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्बर–५ को सभापतिमा विष्णु उप्रेती निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी गौरी उप्रेतीलाई २५ मतले पराजित गर्दै उप्रेती निर्वाचित भएका हुन् । उप्रेतीले २७ मत पाएका थिए भने उप्रेतीले ५२ मत पाए ।
उपसभापतिमा सुनबहादुर मोक्तान र काजीमान स्यांतान, सचिवमा सीताराम स्यांबो र कृष्णप्रसाद सिलवाल, सहसचिवमा निराजन भट्टराई र लीलासिं आलेमगर सर्वसम्मत्रुपमा चयन भए । सदस्यहरुमा जितकुमारी भट्ट, उमित्रा बिश्वकर्मा, अच्युत पण्डितलगायत १६ जना सर्वसम्मत्रुपमा चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिमा इन्दिरा सिलवाल, प्रतिमा भण्डारी उप्रेती, नवराज उप्रेती, निराजन बर्तौला, कृष्णबहादुर स्यांतान, राजेन्द्रप्रसाद रिजाल, उत्सव उप्रेती, योगेन्द्रप्रसाद अर्याल, रामबहादुर बिष्ट, सानुकान्छी स्यांबो, लालबहादुर स्यांतान, मित्रलाल मोक्तान, बिनिता दमाई र मधेशी कोटातर्फ गगनदेव चौरसिया सर्वसम्मत्रुपमा चयन भएको मतदान अधिकृत मनोज चौलागार्इंले जानकारी दिए ।
बकैया–१ मा व्राह्म
आइतबार भएको वडा अधिवेशनबाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेस सभापतिमा २३ वर्षीय बुद्ध ब्राह्म सर्वसम्मत् निर्वाचित भएका छन् । वडामा नेपाली कांग्रेस उपसभापतिमा कामीसिं मोक्तान, लेखतबहादुर मोक्तान, सचिवमा सोमबहादुर सिञ्जाली, सहसचिवमा लालबहादुर गोले र देउमान जिम्बा चयन भएका हुन् । महिला सदस्यमा लालीमाया स्यांतानसहित २२ जनाको वटासमिति सर्वसम्मत् चयन भएको हो ।
मकवानपुरगढी–४ मा सापकोटा
नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ सभापतिमा सुवास सापकोटा चयन भएका छन् । वडा अधिवेशनले सापकोटासहित १६ सदस्यीय कार्यसमिति सर्वसम्मत्रुपमा चयन गरेको हो ।
वडा समिति उपसभापतिमा केशब तिमल्सिना र कृष्णबहादुर ठकुरी, सचिवमा सोमलाल घलान (भुवन) र सहसचिवमा केदार सापकोटा चयन भएका छन् । सचिव र सहसचिव २÷२ जना हुनुपर्नेमा हाल एक÷एक जनामात्र चयन गरिएको र केही दिनमा कार्यसमिति बैठक बसी थप १÷१ जनालाई जिम्मेवारी दिइने बताइएको छ ।
समिति सदस्यमा धर्मानन्द बञ्जारा, शेरबहादुर योञ्जन, मानबहादुर पाख्रिन, रामबहादुर थिङ, गोमा घिमिरे, अनिता बल, अनिषा श्रेष्ठ कायस्थ, मखमली मोक्तान, रामलाल स्यांतान र पञ्चबहादुर दमाई चयन भएको मतदान अधिकृत गोपालचन्द्र भट्टराईले जानकारी दिए । सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष चयन गरिने बताइएको छ ।
क्षेत्रीय प्रतिनिधिमा बलराम पुडासैनी, कृष्णबहादुर खड्का, देवनारायण लामिछाने, गोपालप्रसाद न्यौपाने, लोकनाथ आचार्य, सकुलसिंह ठकुरी, अनिता चांैरेल, विष्णुमाया घलान, नरेश धिताल, जानुकासिंह ठकुरी, रमेशकुमार डंगोल, श्यामबहादुर पाख्रिन, उर्मिला गुरुङ, चमेली थिङ, प्रमिला तिमल्सिना, सन्तोष परियारसहित १६ जना चयन भएको नवनिर्वाचन सचिव भुवन घलानले जानकारी दिए ।
कांग्रेस मकवानपुरगढी–३ सभापतिमा विजय थोकर (लामा) चयन भएका छन् । २१ सदस्यीय कार्यसमिति सर्वसम्मत्रुपमा चयन गरिएको हो । वडा समिति उपसभापतिमा एकबहादुर पौडेल र निलप्रसाद न्यौपाने, सचिवमा रामकुमार बराइली र घनश्याम घिमिरे, सहसचिवमा दीपक दाहाल र सृजना रुम्बा चुनिए । कोषाध्यक्षको जिम्मेवारी भीम ढुंगानालाई दिइएको छ ।