अबको मुख्यमन्त्री को ?

0
320

बागमतीका ११ सांसद् एकीकृत समाजवादीमा

निशा गुरुङ

हेटौंडा–नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका ११ सांसद्ले सनाखत गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल छन् । बसुन्धरा हुमागाईं, माधब पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

अष्टलक्ष्मी शाक्यले नियुक्त गरेकी सामाजिक विकास मन्त्री कृष्ण खनाल भने उपस्थित भएनन् । तर, सांसद् हुमागाईंका अनुसार खनाल सनाखतमा लागि आउने पक्का भइसकेको छ । नेपाल पक्षका सांसद्हरुका अनुसार अझै केही सांसद् थपिने छन् । उनीहरुका अनुसार समाजवादीमा २१ सांसद् छन् । अरुले पनि सनाखत गर्ने सांसद्हरुले बताएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्माओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्रीमा अघि सारेका थिए । शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद् एमालेमै बस्ने आँकलनविपरीत मंगलबार ११ सांसद् एकीकृत समाजवादीमा खुलेका हुन् ।

१२ सांसद्ले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै स्पष्ट अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । ‘नेकपा एमाले एकतावद्ध बनाउनकै लागि यस्तो परिस्थितिमा मुख्यमन्त्री बनेको’ भन्दै आएकी शाक्य अल्पतमा परेकी छन् ।

१ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५६ सांसद् छन् । सरकार गठनका लागि ५५ सांसद् चाहिन्छ । हालको अवस्थामा दुई जनाले मात्रै अर्को दल रोजे मुख्यमन्त्रीको पद धरापमा पर्नेछ । तर, एमालेका दर्जन बढी सांसद् नवगठित समाजवादीमा खुलिसकेका छन् । केही खुल्ने क्रममा छन् ।

औपचारिकरुपमा एमाले फुटेर दुई दलमा विभाजन भएसँगै बागमती प्रदेशका नेकपा एमालेका ११ सांसद्ले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमालेले बहुमत गुमाइसकेको छ । ती सांसद्ले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसद्को संख्या ४४ मा झरेको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले वर्तमान सरकार गणितीय हिसाबमा अल्पमतमा परिसकेको बताउँदा कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा विपक्षीहरुले आन्तरिक छलफल सुरु गरिसकेको दाबी गरे ।

यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने योजना बुनिएको छ ।

एकीकृत समाजवादी पार्टीका नेताहरुका अनुसार बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई बनाउने तयारी छ । पाण्डेले माधव नेपालको साथ छाडेनन् । सोही कारण उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल सुरु भएको बुझिएको छ । यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने योजना बुनिएको छ ।

एकीकृत समाजवादी पार्टीका नेताहरुका अनुसार बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई बनाउने तयारी छ । पाण्डेले माधव नेपालको साथ छाडेनन् । सोही कारण उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल सुरु भएको बुझिएको छ ।

‘२३ गते आयोगले हाम्रो दलमा सांसद् संख्या यति छन् भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद् पाण्डे भन्छन्–त्यही दिनदेखि सरकार अल्पमतमा प¥यो ।

यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए । ‘मुख्यमन्त्रीको उम्मेदवार को’ भन्ने प्रश्नमा पाण्डेले भने–पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।

तर, नेकपा एकीकृत समाजवादीमा मंगलबार सनाखत गरेकी सांसद् मुनु सिग्देलले मुख्यमन्त्री शाक्यविरुद्ध तत्काल अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएकी छन् । सांसद् सिग्देलले सरकार तत्काल नढल्ने बताएकी हुन् । ‘मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार कति दिनमा ढल्छ’ भन्ने प्रश्नमा उनले मुख्यमन्त्री शाक्यको सरकार तत्काल नढल्ने दाबी गरिन् ।

‘अदालतले सनाखत गर्न २२ गतेसम्म समय दिएको छ । २२ गतेसम्म शाक्यजी पनि सनाखत गर्न आउन सक्नुहुन्छ । त्यसैले हामीले अहिल्यै नै शाक्यको सरकार ढल्छ भन्न सक्दैनौं,’उनले भनिन् । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेशको राजनीतिमा अग्रसर भएको छ । कांग्रेसले प्रदेशको सरकार फेर्न कम्मर कस्दै मुख्यमन्त्री शाक्यको राजीनामा माग गरेको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा बहुमत गुमाएपछि विपक्षी दल कांग्रेसले राजीनामा मागेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बहुमत गुमेपछि नैतिकताको आधारमा मुख्यमन्त्री शाक्यले राजीनामा दिनुपर्ने बताएका छन् । प्रदेशसभामा बहुमत गुमेपछि शाक्यले १ महिनाभित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ । बागमतीमा बहुमतका लागि ५५ सांसद्को समर्थन आवश्यक छ भने शाक्यको पक्षमा हालसम्म ४४ एमाले सांसद्को समर्थन छ ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि अब बागमतीमा नयाँ सत्तँ गठबन्धन बन्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित सरकार बन्ने देखिएको छ । कांग्रेसका बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्रकट्टेल र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेमध्ये १ मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ ।

विशेष अधिवेशनमा विपक्षी
बागमती प्रदेश सरकारले संसद् अधिवेशन अन्त्य गरेसँगै विपक्षी गठबन्धन विशेष अधिवेशन बोलाउने तयारीमा जुटेको छ । नेकपा एमालेको बहुमत रहेको बागमती प्रदेशमा एमाले विभाजनको असर पर्नसक्ने संकेत पाएपछि मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद्बाट निर्णय गराएर अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकी थिइन् ।

अल्पमतमा पर्नसक्ने अवस्थामा संसद् छल्न सत्तापक्षले हठात् संसद अधिवेशन अन्त्य गरेको विपक्ष गठबन्धनको आरोप छ । सांसद्हरुले समावेदन दिएर विशेष अधिवेशन माग गर्ने संविधानको व्यवस्थालाई प्रयोग गर्दै विशेष अधिवेशन बोलाएर संसद्बाट मुख्यमन्त्री हटाउने विपक्षको तयारी छ ।

निर्वाचन आयोगले भदौ २२ गतेभित्र एमाले र नेकपा एकीकृत समाजवादीमध्ये एक दल रोज्न दिएको समयावधि सकिनेबित्तिकै विशेष अधिवेशन माग गर्ने विपक्ष गठबन्धनको तयारी छ । बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ ।

शुक्रबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो । बैठकले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उक्त बैठक मुख्यमन्त्री शाक्यको अध्यक्षतामा बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रदेश प्रमुख यादबचन्द्र शर्माले अधिवेशन अन्त्य भएको पत्रमा हस्ताक्षर गर्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।

तत्कालीन डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गतेबाट सुरु गरेको थियो । उक्त अधिवेशनमा नेकपा एमालेले पार्टी एकताका लागि सन्देश दिने भन्दै नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो ।

अधिवेशनको भदौ २ गते एमाले संसदीय दलका तत्कालीन नेता तथा मुख्यमन्त्रीबाट पौडेलले राजीनामा दिएका थिए । अधिवेशनबाट एमाले उपाध्यक्ष शाक्य बहुमतका आधारमा पार्टी संसदीय दलको नेता र मुख्यमन्त्री बनेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here