Friday, June 2, 2023

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

ताजा / भरखरै प्राप्त

हेटौंडा–बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादबचन्द्र शर्मासमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् । जेठ १६ गतेदेखि सञ्चालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो ।

आठौं अधिवेशनमा कुल २४ वटा बैठक बसेको थियो । बैठकले प्रदेश सरकारको आर्थिक ऐन, विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ भने प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति गठन गरिएको छ ।

भदौ २ गते शून्य समय र विषेश समयमा सांसद्हरुले धारणा राखेलगत्तै प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सोही दिन बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो ।

अघिल्लो सामग्री२०७८ भदौ १२ गते शनिबार ।
यसपछिको सामग्री७० किलोको काउली

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles