Friday, June 2, 2023

तीन वर्षमा चोरीका २९ मोबाइल फेला

ताजा / भरखरै प्राप्त

–सुनिता बिष्ट

हेटौंडा–जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको मोबाइल फोनहरु खोजतलास गरी मोबाइल धनीलाई बुझाउँदै आएको छ । मोबाइल चोरी भएको भन्ने उजुरी प्रहरी कार्यालयमा आएकोमा सोहीअनुसारको अनुसन्धान गरी चोरी भएका मोबाइलहरु फेला पारी बुझाउँदै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७६–०७७ देखि चालु आर्थिक वर्ष २०७८–०७९ को हालसम्ममा बिभिन्न कम्पनीका १० हजार रुपियाँदेखि १ लाख मूल्य बराबरको ७१ वटा मोबाइल फोन चोरी भएको भन्ने उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसमध्ये २९ वटा मोबाइल फोनहरु अनुसन्धानका क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको तथ्यांक छ । बाँकी ४२ वटा मोबाइल फोनहरुको अझै पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका आईटी शाखा प्रमुख हवल्दार विवेक भुसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका आइटी शाखाका हवल्दार भुसालका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा बिभिन्न ब्रान्डका ३३ वटा मोबाइल चोरी भएको भन्ने उजुरी दर्ता भएको थियो । जसमध्ये १४ वटा मोबाइल फोनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाइएको हवल्दार भुसालले जानकारी दिए । बाँकी १९ वटा मोबाइल फोनहरु भने बिभिन्न कारण फेला पार्न नसकिएको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७७–०७८ मा जिल्ला प्रहरी कार्यालयमा मोबाइल फोन चोरी भएको भनेर ३२ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिभिन्न कम्पनीका १० हजार रुपियाँदेखि ६० हजार रुपियाँसम्म मूल्य पर्ने मोबाइल फोनहरु चोरी भएको भन्ने उजुरी दर्ता भएको थियो । जसमध्ये १५ वटा मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाइएकोमा बाँकी १७ वटा मोबाइल फोनहरुको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर आईटी शाखा हवल्दार भुसालले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७८–०७९ को साउन महिनादेखि हालसम्म ६ वटा मोबाइल फोन चोरी भएको भन्ने उजुरी दर्ता भएको भुसालको भनाइ छ । उजुरीका आधारमा खोजतलास र अनुसन्धान जारी राख्दै छिटै फेला पारी मोबाइलधनीलाई बुझाउनेमा आफू ढुक्क रहेको हवल्दार भुसाल बताउँछन् ।

नेपाल टेलिकमले अनुमति दिए अथवा टेलिकमबाट निर्देशन आए हराएका मोबाइल फोनहरुको पनि अनुसन्धान गरी फेला पारेर सम्बन्धित धनीलाई बुझाउँदै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles