Tuesday, June 6, 2023

आलुसँगै १०४ किलो गाँजा

ताजा / भरखरै प्राप्त

हेटौंडा–उत्तरी मकवानपुरको थाहा नपा वडा–३, दोबाटोस्थित सडकखण्डमा प्रहरीले डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको मिनीट्रकबाट गाँजा बरामद गरेको छ ।

ना. ७ ख ७६६४ नम्बर मिनीट्रक चेक गर्दा उक्त ट्रकमा आलुको बोरा लोड रहेको बीचभागमा लुकाइल्याएको गाँजा मंगलबार साँझ करिब ७ बजे बरामद भएको हो ।

८ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हुनाले ट्रकचालक मकवानपुरको गढी गापा वडा–८, बुढीचौर बस्ने वर्ष ४१ का अम्बरबहादुर घिसिङलाई लागुऔषध गाँजा र मिनीट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–९, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट ८ सय ग्राम अवैध लागुऔषध गाँजासहित चितवन खैरहनी नगरपालिका–१० बस्ने २९ वर्षीय वुद्धिराज पाठकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरको उडानद्वारा कतारको दोहा जान लागेका उनलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र ग्यास्ट्रिक हरण चूर्णको १२ वटा बट्टामा राखिएको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका–५, रातो पुलस्थित रोहित प्लाजा होटलको अगाडिबाट करिब १५ किलो अवैध लागुऔषध गाँजासहित २ जनालाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका–१३ बस्ने ३३ वर्षीय दीपक पाख्रिन र सोही ठाउँ बस्ने २५ वर्षीय बाबुराम वाइबा छन् । सिमराबाट जितपुरतर्फ जाँदै गरेको ना.४६ प ५९३१ नम्बर मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles