Friday, June 2, 2023

सांसद्–कर्मचारीलाई सास्ती

ताजा / भरखरै प्राप्त

राजधानी आउने सडकको कन्तविजोग

–निशा गुरुङ

हेटौंडा–हेटौंडा, बागमती प्रदेशको स्थायी राजधानी बनेपछि अधिकांश प्रदेश सांसद्का चिन्ता राजधानी आउजाउ गर्ने हो । हेटांैडा–काठमाडौं बैकल्पिक छोटो दुरीको हेटौंडा—भीमफेदी, कुलेखानी, फाखेल, सिस्नेरी सडक साँघुरो र जोखिमयुक्त छ ।

त्यही जोखिम मोलेर सांसद्लगायत प्रदेशका कर्मचारीहरु आउजाउ गर्छन् । हेटांैडामा विमानस्थल नभएको र सडक राम्रो नभएकाले सांसद्, कर्मचारी र प्रदेशका सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । अन्य ६ प्रदेशका राजधानी सडक मार्गबाट टाढा भए पनि प्रदेश राजधानीमा विमानस्थल रहेका सुगम बन्न पुगेको छ ।

२०७६ पुस २७ गते प्रदेशको स्थायी राजधानी हेटौंडा घोषणा भएको थियो । बागमती प्रदेशको राजधानी हेटौंडा राख्ने पक्षको मतदानमा हेटौंडाको पक्षमा १ सय ५ मत र विपक्षमा ३ मत परेको थियो । सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतसाथ प्रस्ताव पास गरिएको थियो ।

प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको थियो । साझा पार्टीका रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले धुलिखेलको पक्षमा मतदान गरेका हुन् । काभ्रेको विपक्षमा १ सय १ मत परेको थियो । प्रदेशसभामा राजधानी राख्ने समयमा १ सय १० सांसद् थिए । हाल एक सांसद्को मुत्युसँगै १ सय ९ सांसद् छन् ।

मनसुनको समयमा ओहोरदाहोर गर्नुपर्ने सडकको बिजोक, बाटोमा पहिरो पनि त्यत्तिकै जाने र सडक अवरुद्ध हुँदा प्रदेशको महत्वपूर्ण बैठकमा समेत सहभागी हुन नपाउनेजस्ता समस्यामा छन् काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, काभ्रेका सांसद् । ँ

बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको राजधानी हेटौंडा भइरहँदा सदनमा पटकपटक सडक स्तरोन्नतिको कुरा उठाउँदै आउँदा पनि सास्ती झेल्नुपरेको बताए । सडक अवरुद्ध हुँदा बजेट अधिवेशनको समयमा १२ घण्टा जाममा बस्नुपरेको तीतो भोगाइ रहेको उनले बताए ।

‘निवर्तमान सरकारले भत्काउनमात्रै जान्यो । बन्दै नबन्ने सुरुङमार्ग हात हाल्यो । तर, एउटा सडक पनि व्यवस्थितढंगले बनाउन सकेन,’ उनले भने । ‘प्रदेशमा मुख्यमन्त्री परिवर्तन भएको छ, हेरौं, उहाँले के गर्नुहुन्छ,’ जम्कट्टेलले भने ।

प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल कायम गरियोस् भन्ने प्रस्तावमा मतदान गरेका विवेकशील साझा पार्टीका नेता पौड्यालले हेटौंडा राजधानी भइरहँदा धेरै सांसद्ले समस्या भोग्नुपरेको बताएका छन् । उनले बागमती प्रदेशको राजधानी हेटौंडा भइरहँदा बाटोसमेत राम्रो बनाउन नसक्दा बर्खाको बेला सडक अवरुद्ध हुने गरेको बताए ।

प्रदेशसभामा समितिको महत्वपूर्ण बैठक हुँदा बर्खाको समयमा बाटोमा पहिरो गएर घण्टौं अवरुद्ध हुने गरेको छ । ‘सडकका कारण समयमा पुग्न सक्दैनौं । बर्खाको समयमा हामीलाई हेटौंडाको बाटो आउँदा असुरक्षा महसुस हुने गर्छ । यो हामीले मात्र होइन, बागमती प्रदेशमा नागरिकले पनि भोग्दै आएको समस्या हो,’ उनले काभ्रेको धुलिखेललाई प्रदेशको राजधानी बनाइएको भए बर्खा वा अन्य कुनै पनि समयमा बाटो अवरुद्ध हुने वा पहिरो जाने समस्या हुने थिएन । जसले गर्दा बैठकमा सहजढंगले भाग लिन सकिने थियो ।

नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता प्रभात तामाङले बर्खायाममा पहिरो जाँदा बैठक नै ३÷४ घण्टासम्म पर सार्नपर्ने बाध्यता आएको बताउँछन् । हेटौंडामा राजधानी राख्ने विषयमा दलको आदेश आएपछि काभ्रेमा नभएर हेटौंडामा नै मतदान गर्नुपरेको उनले बताए ।

नेकपा एमाले नेतृ रमा आलेमगरले हेटौंडा राजधानी बनाउन नचाहेर पनि पार्टीको निर्देशनमा मतदान गरेको बताइन् । काठमाडौंदेखि हेटौंडा आउने क्रममा बर्खाको समयमा निकै समस्या झेल्नुपरेको उनको अनुभव छ ।

उद्योग, पर्यटन, बन तथा वातावरण समिति सभापति रहेकी आलेले बैठक भोलि हुने निर्णय भयो भने एक दिनअगाडि नै हेटौंडा आउने गरेको बताइन् । ‘अप्ठेरो छ, बर्खाको समयमा काठमाडौंबाट हेटौंडा आउन तर जिम्मेवारीमा बसिसकेपछि हामीलाई असहज भयो भनेर बस्न पनि भएन,’ उनले भनिन्–हामीले सदनमा र दलको बैठकमा सडक स्तरोन्नतिको कुरा उठाउँदै आएका छौं । काठमाडौंको बाटो हँुदै हेटौंडमा काभ्रे, सिन्धुपाल्चोकका सांसद् आउने गरेका छन् । धादिङ, सिन्धुली, चितवन र मकवानपुरका सांसद्लाई भने केही सहज छ ।

काठमाडौं हुँदै हेटौंडा राजधानी आउने सांसद्हरु करिब ८० जना भन्दा बढी रहेको प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले बताए । हेटांैडा, सिन्धुली घर भएका अधिकांश सांसद् काठमाडौंमा बस्ने गर्छन् । उनीहरु पनि बैठकमा काठमाडौंबाट आउने गर्छन् । प्रदेशसभाको बैठक दिनहँु चल्दा ओहोरदोहोरमा समस्या आउने भन्दै कतिपय सांसद्ले हेटौंडा डेरा लिएर बसेका छन् ।

अघिल्लो सामग्रीशान्तिका लागि एकल अभियान
यसपछिको सामग्री२०७८ भदौ ९ गते बुधबार ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles