Tuesday, June 6, 2023

पटकपटक बिजुली जाने समस्याले मकवानपुरबासी हैरान

ताजा / भरखरै प्राप्त

हेटौंडा–नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको चरम लापरवाहीको कारण मकवानपुरमा विद्युत प्रवाहमा निकै समस्या देखिएको छ ।

पटक–पटक बिजुली जाने, आउने गर्दासमेत प्राधिकरण बेखबर छ । बिगत केहि महिना अगाडिबाट नै झ्याप्प झ्याप्प बिजुली जाने र दुईदेखि तीन घण्टासम्म विजुली नआउने समस्या सर्वसाधारणले भोग्दै आएका छन् । बिजुली नआएपछि हेटौंडाका कलकारखाना तथा सञ्चारमाध्यय सञ्चालनमा समस्या देखिएको छ । बिजुली नहुँदा सर्वसाधारणको दैनिक जनजीवनसमेत असहज बन्दै गएको छ ।

बिजुली आउने जाने गर्दा कोरोना महामारी कारण भएको निषेधाज्ञाले विद्यालयहरु बन्द रहेको अवस्थामा अनलाईन कक्षा पढ्न सबैभन्दा ठुलो समस्या भएको अभिभावकहरु बताउँछन् । नेपाल विद्युत प्राधिकरण हेटौंडाका प्रमुख योगेन्द्र ठाकुरले हेटौंडा बजारमा ट्रान्सफर्मर ओभरलोड भएको कारणले गर्दा बिजुली आउने जाने समस्या भएको बताएका छन् ।

हेटौंडा बुद्धचोकमा रहेको ट्रान्सफर्मर दुईसय केभिएको भएको हुँदा गर्मी मौसममा सर्वसाधारणहरुले एसी, पंखा, फ्रिज चलाउने हुँदा केभिए ओभरलोड भई बिजुली बितरण्मा समस्या देखिएको उनले बताए । उनले बुधवार नै बुद्धचोकमा रहेको दुई सय केभिएको ठाउँमा तीनसय केभिए क्षमताको ट्रान्सफर्मर राख्ने तयारी गरेको जानकारी दिएका छन् । यसो गर्दा बिजुली जाने समस्या नआउने उनले दावी गरे । मकवानपुरका अन्य स्थानमा पनि खाना खाने बेला भएपछि झ्याप्प बिजुली जान्छ ।

सामान्य हुरी चल्दा र पानी पर्दासमेत बिजुली आउने जाने गर्छ । बिजुलीको यो नाजुक अवस्थाका कारण मकवानपुरबासी सबैलाई समस्या भएको छ । ग्रामीण भेगमा ट्रान्सफर्मर चेकजाँच हत्तपत्त हुँदैन । सहि तरिकाले विजुली विस्तार नगर्दा निकै जोखिम हुन्छ । तर, सम्बन्धित निकायको यस विषयमा चासो भने किन देखिँदैन र प्राधिकरणले अघोषित लोडसेडिङ गराईरहेको मकवानुरबासीको आक्रोश छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles