Tuesday, June 6, 2023

फेसन पेन्ट्स्लाई गुणस्तर चिह्न

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडाको फेसन पेन्ट्स्ले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । फेसन पेन्ट्स्का उत्पादनहरु इमल्सन, डिस्टेम्पर, इनामेल, प्राइमर जस्ता उत्पादनले नेपाली गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो ।

३ वर्षदेखि उत्पादन सुरु गरेको फेसन पेन्ट्स्ले नेपालीको लगानीमा नेपालमा अन्तर्राष्ट्रि«यस्तरको पेन्ट्स् उत्पादन गर्न सकिन्छ भन्ने उदाहण दिएको नेपाल गुणस्तर विभाग प्रमुख विश्वबाबु पुडासैनीले बताएका छन् । उनले भने–हामीले तयार पारेको मापदण्ड भन्दा पनि राम्रो गुणस्तरका रंग उत्पादन भएकाले आगामी दिनमा फेसन पेन्ट्स्ले बजार छिटै लिने विश्वास गरेका छौं ।

फेसन पेन्ट्स्को नेपालभर ८० भन्दा बढी डिलरबाट बजारमा पेन्ट्स् बिक्री भइरहेको कम्पनीले जनाएको छ । कम्पनी सञ्चालक एवम् केमिकलविज्ञ अरबिन्द सिंहका अनुसार कुनै मल्टिनेशनल कम्पनीले उत्पादन गर्ने पेन्ट्स् भन्दा फेसन पेन्ट्स्ले उत्पादन गर्ने पेन्ट्स् बढी गुणस्तर भएको बताएका छन् ।

उनले भने–हामीले गुणस्तरको रंग उत्पादन गरेर उपभोक्ताको मन जितेका छौं । यसलाई कायम राख्न सक्नुपर्छ । पछिल्लो समयमा फेसन पेन्ट्स्को फर्मूला अन्य कम्पनीको भन्दा फरक र वातावरण मैत्री हिसाबले रंग उत्पादनमा जोड दिइएकाले हाम्रो उत्पादनको बजारमा माग बढ्दो छ ।

आगामी दिनमा फरक किसिमका गुणस्तरीय रंग उत्पादन गरेर बजारमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले घरमा प्रयोग हुने सम्पूर्ण पेन्ट्स् उत्पादन गर्दै आएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles