Tuesday, June 6, 2023

एमसीसीविरुद्ध हास्यव्यङ्ग्यात्मक प्रदर्शन

ताजा / भरखरै प्राप्त

हेटौंडा–नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारविरुद्ध हेटौंडामा एमसीसीविरुद्ध क्यारिकेचरसहित प्रदर्शन गरिएको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट भ्रातृ संगठनहरुले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्दै संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।

देउवा सरकारले एमसीसी सम्झौता प्रकिया अघि बढाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । उनीहरुले “राष्ट्रघाती एमसीसी खारेज गरौं”, “सम्पूर्ण नेपालीलाई खोपको व्यवस्था गर”, “नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच ३ बुँदे सहमति कार्यान्वयन गर”, “राष्ट्रिय स्वाधिनताको रक्षा गरौं”, “महंगी। कालोबजारी र भ्रष्टाचार अन्त्य गर”, “मेडिकल शिक्षामा भएको व्यापारीकरण, माफियाकरण र निजीकरण बन्द गर” लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

बुद्धचोकबाट सुरु भएको प्रदर्शन सीमाचोक परिक्रममा गरेर बुद्धचोकमा सभामा परिणत भएको थियो । प्रदर्शनमा विप्लव मकवानपुर सचिवालय सदस्य एवम् हेटौंडा नगरका सेक्रेटरी सूर्य अर्यालले सरकारले एमसीसी खारेज गर्नुपर्ने बताए ।

पछिल्ला दिनहरुमा एमसीसीको चर्चा भइरहेको बताउँदै एमसीसी सम्झौता राष्ट्रघाती सावित हुने उनले दाबी गरे । उनले सरकारले शिवम् सिमेन्ट प्रालिसँग दुई अर्ब भन्दाबढी विद्युत् महसुल उठाउन नसकेको तर ५० अर्बका लागि राष्ट्रघाती एमसीसी सम्झौता गर्न अघि बढेको भन्दै सडकमा उत्रिनु परेको उनले बताए ।

प्रदर्शन विप्लवनिकट अखिल क्रान्तिकारी मकवानपुर, युवा संगठन नेपाल मकवानपुर र राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो । प्रदर्शनमा प्रधानमन्त्री देउवासहित विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरुको क्यारिकेचर गरिएको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles