Friday, June 9, 2023

३७५ विद्यालयका १,६६५ कक्षाकोठा निर्माण

ताजा / भरखरै प्राप्त

हेटौंडा–नेपालमा २०७२ सालको भुकम्पका कारण मकवानपुरका ४ सय ९ विद्यालयमा क्षति भएको थियो । जिल्लामा कुल विद्यालयको संख्या ५ सय १६ रहेकामा १ सय ७ विद्यालयबाहेक अन्य विद्यालयमा क्षति भएको थियो ।

जिल्लाभरका विद्यालयमा कुल ४ हजार ७६ कक्षाकोठा रहेकोमा भुकम्पबाट पूर्णक्षति भएका कक्षाकोठाको संख्या २ हजार ३ सय १० छ भने आंशिक क्षति भएको कक्षाकोठाको संख्या १ हजार ४ सय ५४ छ ।

विद्यालय व्यवस्थापन समिति, ठेक्का र संघसंस्थामार्फत् गरी तीन मोडालिटीमा विद्यालय पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाईं हेटौंडाले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा ६८ विद्यालयमा २ सय २० कक्षाकोठा सम्झौता गरी निर्माण भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ६८ विद्यालयमा २ सय २० कक्षाकोठा सम्झौता गरी निर्माण गरिएको र निर्माण प्रक्रियामा छन् । आव २०७५÷०७६ को प्रथममा ६५ विद्यालयमा २ सय कक्षाकोठाको सम्झौता र निर्माण प्रक्रिया सुरु भएको, आव २०७५÷०७६ दोस्रोमा ५१ विद्यालयका १ सय ५३ कक्षाकोठा तथा शौचालय आव २०७६÷०७७ मा सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आव २०७६÷०७७ मा ६१ विद्यालय भवन, ७९ शौचालय र ८५ खानेपानी कार्यक्रम भएको जनाइएको छ । आव २०७७÷०७८ मा ८ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भएको थियो ।

पूर्णक्षति तथा आंशिक क्षति भएका विद्यालयका बिभिन्न ठेक्का सम्झौतामार्फत् काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईं (शिक्षा) मकवानपुर प्रमुख बद्री पाठकले जानकारी दिए ।

जसमध्ये जाइका लोनमार्फत् काम भइरहेका विद्यालयको संख्या ४१ छ भने त्यसमा कक्षाकोठाको संख्या ४ सय ७२ छन् । एडीबीको सहयोगमा नमूना विद्यालय १ को ४८ कक्षाकोठा निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । एडीबीको ऋण सहायतामा डीआरएसपीअन्तर्गत् दोस्रो चरणमा ३ विद्यालयका ४८ कक्षाकोठा निर्माणाधीन रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईं (शिक्षा) मकवानपुर प्रमुख पाठकले जानकारी दिए ।

उनका अनुसार जाइका र एडीबीमार्फत् ठेक्का सम्झौता भएका कुल ५६ विद्यालयका ७ सय कोठा संख्यामा ३३ विद्यालयको काम सम्पन्न भएको र २२ विद्यालयमा निर्माणाधीन छन् । संघसंस्थामार्फत् निर्माण भएका र निर्माणाधीन पर्मानेन्ट ३२ विद्यालयमा २ सय २१ कक्षाकोठा र सेमिपर्मानेन्टमा २ सय ३७ विद्यालयमा ४ सय ७४ कक्षाकोठाको निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाईं (शिक्षा) मकवानपुर प्रमुख पाठकले जानकारी दिए ।

भुकम्पपछि विद्यालय निर्माणको अवस्था आर्थिक वर्ष २०७३÷०७४ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्म २ कोठे विद्यालय भवनको १ सय ८, ३ कोठे विद्यालय भवन ४७, ४ कोठे भवन ७९, ६ कोठे विद्यालय भवन १२ र ८ कोठे विद्यालय भवन ६ वटा गरी २ सय ५२ भवनका ७ सय ९३ कक्षाकोठा निर्माण सम्पन्न भएका थिए ।

आव २०७५÷०७६ को दोस्रो चरणमा ७० शौचालय निर्माण सम्पन्न भएका थिए । आव २०७७÷०७८ को असारमा प्राप्त ४ कोठे ६ र दुई कोठे २ वटा भवनका २८ कोठा निर्माणका लागि विद्यालयसँग सम्झौता गरी पेश्की रकम निकासा गरिएको पाठकले बताए ।

हालसम्म तीन वटै मोडालिटीबाट ३ सय ५ विद्यालयका १ हजार २ सय २६ कक्षाकोठा निर्माण सम्पन्न भएर प्रयोगमा आएका छन् । जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १ सय ३२ कक्षाकोठा निर्माणको टेण्डर प्रक्रिया अगाडि बढेको छ ।

विपद्पश्चात् आवश्यकता पहिचान (पीडीएनए) मा समावेश भएका जिल्लाका १ सय ७९ विद्यालयमा जग्गाअभाव, न्यून विद्यार्थी, यातायात पहँुच नपुगेका जस्ता कारण कार्यक्रम समावेश गर्न नसकिएको जिल्ला आयोजना कार्यान्वयन एकाईं मकवानपुरले जनाएको छ ।

आव २०७७÷०७८ को असार मसान्तसम्म जिल्लामा तीन वटै मोडालिटीबाट ४ सय ९ विद्यालय भवनका १ हजार ९ सय ४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकोमा ३ सय ७५ विद्यालयका १ हजार ६ सय ६५ कक्षाकोठा निर्माण सम्पन्न भएको पाठकले जानकारी दिए । १ सय ४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएका छन् भने सबै गरी ३४ विद्यालयका २ सय ८२ कक्षाकोठा निर्माणाधीन छन् ।

हालै एसियाली विकास बैकको ऋण सहयोगमा थप ४ विद्यालय निर्माणका लागि टेण्डर प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ । गत वर्षदेखि कोभिडको महामारीका कारण हरेक कार्यमा प्रत्यक्ष असर परे पनि केन्द्रीय आयोजना कार्यान्वयन एकाईं शिक्षा, जिल्ला समन्वय समिति मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तहको समन्वय तथा सहजीकरण र सरोकारवालाको रचनात्मक भूमिकाका कारण विद्यालय भवन, शौचालय र खानेपानीे निर्माण कार्य यो अवस्थामा ल्याउन सम्भव भएको एकार्इं प्रमुख पाठकको भनाइ छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles