शव व्यवस्थापनमा हेल्पडेस्क

0
329

हेटौंडा–हेल्पडेस्क मकवानपुरले शव व्यवस्थापनको तालिम लिएको छ । मकवानपुरमा पछिल्लो समय समाजसेवामा देखिएको हेल्पडेस्क मकवानपुरले सुपारेटार ब्यारेकअन्तर्गत् पुरानो गोरख गणमा शव व्यवस्थापनको तालिम लिएको हो ।

देशभर नेपाली सेनाको टोलीले मात्र कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरेकोमा मकवानपुरमा सेनालाई उक्त कार्यमा सघाउन थप जनशक्ति व्यवस्थापन गर्ने उद्धेश्यले हेल्पडेस्क मकवानपुरका नेतृत्वले तालिम लिएको संयोजक रामकृष्ण शिवाकोटीले जानकारी गराए ।

पुरानो गोरख गणका प्रमुख सेनानी राजेश थापाले हेटौंडा अस्पतालमा लगेर हेल्पडेस्कका प्रतिनिधिहरुलाई प्रत्यक्षरुपमा तालिममा सहभागी गराएका थिए । केही समयअघिसम्म सबै ठाउँमा संक्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्र हम्मे परिरहेका अवस्था देखेपछि आफूहरु पनि लागिपरेको शिवाकोटीले बताए ।

हेल्पडेस्क मकवानपुरका क्रियाशील सदस्यलाई प्रशिक्षण दिइएकोे उनले बताए । जसमा सदस्यहरु वृद्ध ब्राह्म, रोजन घिमिरे, रोयल बानियाँ, सागर घिमिरे, युदनाथ देबकोटा, आशीषसिं ठकुरी, राजेश गरिब, सुजन सिलवाललगायत सहभागि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here