हेटौंडा–हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीको कार्यकारी प्रमुखमा रमेश रिमाल नियुक्त भएका छन् । विद्यालयले रिमाललाई स्वागत गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा कार्यकारी प्रमुख रिमालले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालयलाई देशकै उत्कृष्ट बनाउने गरी शैक्षिक कार्यक्रमलाई अगाडि बढाउने उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमार्गीले विद्यालयमा उच्चशिक्षा सञ्चालन गर्न रिमालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा उच्चशिक्षा अध्ययन तयारी गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा एकेडेमी रहेको र आगामी दिनमा पनि शिक्षाको गुणस्तर उच्च बनाउन आफूले पनि सक्दो सहयोग गर्ने बताए ।

विद्यालयले न्यौपानेलाई शिक्षक–अभिभावक संघको अध्यक्ष नियुक्त गरेको छ । यसअघि शिक्षक–अभिभावक संघ अध्यक्षमा सुकृतराज पराजुली थिए ।

उनले विद्यालयमा शिक्षाको गुणस्तरमा आफ्नो सहयोग निरन्तर रहने बताए । कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य अंकिता सुमार्गी, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, सहायक प्रधानाध्यापक विष्णु भट्टलगायत शिक्षक र अभिभावकको उपस्थिति थियो ।

हेटौंडा– ९ मा रहेको प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको छ । चैत १४ गते भएको अभिभावक भेलाबाट छानिएका सदस्यहरुको मंगलबारको बैठकले प्रदीप पराजुलीलाई अध्यक्ष चयन गरेको हो ।

विद्यालयले अभिभावक भेला सम्पन्न भएको ५ महिनापछि विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व पाएको हो । २०७७ चैत १४ गते विद्यालयको २१ औं अभिभावक भेला सम्पन्न भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन ।

शिक्षा नियमावलीअनुसार समितिका चयन गर्नुपर्ने दुई सदस्य पनि मनोनीत गरिएको छ । सीता अधिकारी र ज्ञानेन्द्र लामिछानेलाई मनोनीत गरिएको हो । विद्यालय व्यवस्थापन समितिअन्तर्गत् शिक्षक प्रतिनिधिमा कमलपाल अधिकारी चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here