Tuesday, June 6, 2023

हेटौंडामा प्रदेशको यातायात पूर्वाधार निर्देशनालय

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडा–११, थनाभर्याङमा बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय भवन उद्घाटन गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवन उद्घाटन गरेका हुन् । कुल २ करोड ४४ लाख १७ हजार लागतमा निर्माण भएको भवन उद्घाटन गरिएको हो । ४ हजार ८ सय ८० वर्गफिट क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएको भवनको १९ वटा कोठा छन् । दुई प्रयोगशाला, बैठक कोठासमेत भवनमा रहेको छ ।

उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भवन प्रदेश सरकारका भवनमध्ये पहिलो भवन रहेको बताए । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षमा धेरै काम गरेको उनले बताए । काम गर्नका लागि पूर्वाधार पहिलो आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री पौडेलले भने–काम गर्न कर्मचारीलाई अनुकूल वातावरण चाहिन्छ । त्यसैले भवन निर्माणका कामलाई प्रदेश सरकारले तीव्रता दिएको छ । आगामी आर्थिक वर्षमा पनि केही भवनका टेण्डर गर्ने तयारीमा छौं ।

उनले भने–यहाँ धेरै ठेकेदारले पूर्वाधार निर्माणको काम अलपत्र पार्ने गरेका छन् । हामीले योजना बनाएकै छौं । निर्माणको लागि ठेक्का सम्झौता गरेकै छौं । उनीहरु निर्माणको काम अलपत्र पारेर बेपत्ता हुन्छन् अनि जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका छन् । उनले सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भए पनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकायको भएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फँुयालले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्ने बताए । प्रदेश तहमा राजनीतिक स्थिरता भएको भन्दै सरकार परिवर्तनको कुरा कल्पना पनि गर्न नसकिने भन्दै उनले प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत भएको र आधिकारिकरुपमा नेकपा एमाले विभाजन नभएकाले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार यथावत् रहने दाबी गरे ।

केन्द्र सरकारमा नेतृत्व फेरबदल भएकोले प्रदेशमा सरकार परिवर्तनको हल्ला चल्नु स्वभाविक भए पनि हल्लाको पछि नलागी सरकारका राम्रा गतिविधिमा सहयोग पुर्याउन उनले कर्मचारी, राजनीतिक दल, नागरिक समाज र आम प्रदेशवासीलाई आग्रह गरे । पौडेल नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार, खानेपानी, बिजुली, कृषि क्षेत्रलगायत विकासको कामले तीव्रता पाएको उनको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अघिल्लो सामग्रीनीमको पातको उपयोगिता
यसपछिको सामग्रीबुधबारविहानै ८१ किलो गाँजा

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles