Tuesday, June 6, 2023

बुधबारविहानै ८१ किलो गाँजा

ताजा / भरखरै प्राप्त

हेटौंडा–मकवानपुरमा प्रहरीले बुधबार विहानै ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विहान करिब पौने ३ बजे गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पश्चिम मकवानपुरको मनहरी गापा वडा–८, सिमपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा ट्रकबाट गाँजा बरामद गरेको छ ।

शंकास्पद्रुपमा रोकिराखेको ना. ८ ख ८२८४ नम्बर ट्रक चेक गर्दा ट्रकको पछाडि ढालामा लुकाइराखेको लागुऔषध गाँजा ८१ किलो ३५० ग्राम फेला परेको थियो । ट्रकचालक मकवानपुरको राक्सिराङ गापा वडा–४ बस्ने वर्ष ४२ का बाबुराम नेगीलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles