Friday, June 9, 2023

८४ जनामा कोरोना पुष्टि

ताजा / भरखरै प्राप्त

हेटौंडा–कोरोना भाइरस संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत् थप एक संक्रमितको मृत्यु भएको छ । मंगलबार विहान एक महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला स्थायी ठेगाना भएकी ५५ वर्षीया महिला छन् ।

मकवानपुरमा मंगलबार ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ८८ जनाको पीसीआर र ७८ जनाको एन्टिजेन गरी जम्मा २ सय ६६ जनाको परीक्षण गर्दा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार २ सय ३१ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ४ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हाल मकवानपुरमा ६ सय २३ जना सक्रिय संक्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३७ जनाको मृत्यु भएको छ ।

थाहानगरमा अझै कोरोना संक्रमित दरमा कमी आएको छैन । कुल ४८ हजार बढी जनसंख्या रहेको थाहामा हालसम्म १० प्रतिशत्ले खोप समेत नपाएको अवस्थामा संक्रमणदर पनि नघट्नुले अझै जोखिम बढिरहेको सोमबारको तथ्यांकले पुष्टि गरेको छ ।

सोमबार ११ जनामा कोरोना परीक्षण गरिएकोमा ७ जना अर्थात् ६३.६३ प्रतिशत्मा कोरोना पुष्टि भएको छ । यससमेत गरी थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या २ सय ३० पुगेको छ । थाहानगरमा तथ्यांक सूचीकृत नभए पनि सोमबारसम्म थाहानगरका १८ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

सोमबारसम्म २ सय १३ जना होम आइसोलेसनमा छन् भने १० जना थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा उपचाररत् छन् । ७ जना बज्रबाराही आइसोलेसनमा छन् । सोमबारसम्म २ हजार ७ सय ८२ जनामा परीक्षण भइसकेको छ । हालसम्म कुल १ हजार २६ जनामा संक्रमण पुष्टि भएकोमा ७ सय ८४ जना निको भएका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles