Monday, June 5, 2023

१५१८ मुद्धा फछ्र्याैट

ताजा / भरखरै प्राप्त

हेटौंडा–गत आर्थिक वर्ष २०७७–०७८ मा जिल्ला अदालत मकवानपुरले १ हजार ५ सय १८ मुद्धा फछ्र्याैट गरेको छ । गत वर्षको कुल मुद्धा संख्या २ हजार ४ सय २० मध्ये १ हजार ५ सय १८ मुद्धा फछर्याैट गरिएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्षमा एक हजार ७ सय २४ मुद्धा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा लक्ष्यनजिक पुगेको छ । लक्ष्यको ८८ दशमलव ०५ प्रतिशत् मुद्धा फछ्र्याैट गर्न सफल भएको स्रेस्तेदार भट्टराईले बताए । चालु आर्थिक वर्षका लागि ९ सय २ वटा मुद्धाको जिम्मेवारी सरेर आएको उनले बताए ।

गत वर्षमा जिल्ला अदालतमा १ हजार ५ सय ६ वटा नयाँ मुद्धा दर्ता भएका थिए । नयाँ दर्ता भएका मुद्धामध्ये ७ सय एकवटा मुद्धा फछ्र्यौट भएको उनले बताए । ९ सय १५ वटा मुछा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको थियो । यसरी जिम्मेवारी सरेर आएकामध्ये ९७ वटा मुद्धामात्र फछ्र्यौट हुन बाँकी भएको स्रेस्तेदार भट्टराईको भनाइ छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles