Tuesday, June 6, 2023

लागुऔषध ओसारपसार चलायमान

ताजा / भरखरै प्राप्त

वर्षमा एक सय ५१ पक्राउ

हेटौंडा–एक वर्षअघि यही समयमा मकवानपुर जिल्लामा निषेधाज्ञा जारी थियो । एक वर्ष अवधिमा धेरै व्यवसायीहरु थन्केर बसे । बीचमा चलायमान त भएको थियो तर कोरोना लहरको दोस्रो लहरले फेरि थन्कायो ।

लागुऔषध ओसारपसारमा भने चलायमान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७–०७८ असार मसान्तसम्म एक हजार सात सय ८३ किलो ६ गाँजा बरामद गरिएको हो ।

एक हजार पाँचसय ५८ ग्राम चरेश बरामद भएको कार्यालयको तथ्यांक छ । खैरोहेरोइन एकसय १४ ग्राम, १४ किलो सात सय २५ ग्राम अफिम बरामद, नाइट्रोभेट ट्याब्लेट सात हजार तीन सय ४७, डाइजेपाम तीन सय नौं, फेनारगन दुई सय नांै, नोर्फिन तीन सय सात, कोरेक्स बोतल दुई सय ९६ बरामद गरिएको हो । जसमा नेपाली पुरुष एक सय ३९ र महिला ९ गरी एक सय ४८ जना पक्राउ परेका थिए । भारतीय पुरुष तीन जना पक्राउ परे । मुद्धा भने एक सय ९९ जनालाई चलाइएको थियो ।

कोरोनाको समयमा पनि लागुऔषध कारोबार चलायमान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्यर रिमालले जानकारी गराए । यस अवधिमा सबभन्दा बढी गत आर्थिक वर्ष असार १ गते मंगलबार राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटांैडातर्फ आउँदै गरेको ना. २ ख ५५७९ नम्बर कन्टेनरबाट १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम फेला पारेको हो ।

गाडीचालक मकवानपुरको मनहरी गापा वडा–६ बस्ने वर्ष २५ का सन्तोष आलेमगर, सहचालक वर्ष २१ का मोसा घलान र कन्टेनरमा सवार मकवानपुरको कैलाश गापा वडा–८, भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा कारोबारमा थप संलग्न व्यक्ति चितवनको राप्ती नपा वडा–२ बस्ने वर्ष ३१ का विष्णु लामा र मकवानपुरको कैलाश गापा वडा–८ बस्ने वर्ष २९ का रोशन मुक्तान रहेको पुष्टि भएपछि उनीहरुलाई बुधबार पक्राउ गरिएको थियो ।

हेटौंडा–११, थानाभ¥याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा कन्टेनर रोक्न खोज्दा फरार भएपछि प्रहरीले पिछा गर्दै हेटौंडा–१०, भुटनदेवी मोडस्थित सडकखण्डमा फेला पारेको थियो । कन्टेनर चेक गर्दा चालक सिटपछाडि फल्स बटम बनाएर गाँजा लुकाइएको फेला परेको थियो ।

गत आर्थिक वर्ष जेठ ४ गते निषेधाज्ञाको समयमा एक क्वीन्टल गाँजासहित हेटौंडा–१ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रिमालका अनुसार भीमफेदी गाउँपालिकाको नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना. २ ख ९८६२ नम्बर ट्रकबाट गाँजा बरामद गरिएको थियो ।

ट्रक जाँच गर्दा हुटमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा बरामद भएको थियो । पक्राउ पर्नेमा ट्रकचालक काभ्रेको महाभारत गाउँपालिका–५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका–१० का ३६ वर्षीय सुविन रुम्बा थिए । उक्त अवधिमा सुधारकेन्द्र सञ्चालकसमेत लागुऔषधसहित पक्राउ परेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles