Tuesday, June 6, 2023

एकैदिन समातियो २०९ किलो गाँंजा

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडामा प्रहरीले एकैदिन २ सय ९ किलो गांजा बरामद गर्दा ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित पूर्वपश्चिपम लोकमार्ग सडकखण्डमा हेटौंडाबाट बारातर्फ जांदै गरेको बीआर ०१ जीजी ८४९५ नम्बर भारतीय ट्रकबाट गांजा बरामद गरेको छ ।
बुधबार विहान करिब पौने ११ बजे उक्त ट्रक चेक गर्दा गाडीमा लुकाइ ल्याएको लागुऔषध गांजा १ सय ६९ किलो फेला परेको हो । ट्रकचालक भारत मोतिहारी बस्ने वर्ष ३० का रवीन्द्र राय र सोही ठाउं बस्ने सहचालक वर्ष ३१ का मुक्तार सैफिकलाई गांजा र ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार नै विशहन ७ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटांैडातर्फ आउंदै गरेको ना. ६ ख ३७४१ नम्बर कन्टेनर चेक गर्दा गांजा बरामद गरेको छ । गाडीमा लुकाइल्याएको लागुऔषध गांजा ४० किलो फेला परेको हुंदा कन्टेनर सहचालक नुवाकोट बेलकोटगढी नपा वडा–४ बस्ने वर्ष १९ का दीपक गुरुङलाई गांजा र कन्टेनरसहित नियन्त्रणमा लिइएको जनाइएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles