Friday, June 9, 2023

बिपी राजमार्ग एकतर्फी सञ्चालन

ताजा / भरखरै प्राप्त

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु¥याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २ः३० बजेदेखि चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । ‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी चौकी नेपालथोकबाट खटिएको प्रहरी टोली, रोशी गाउँपालिका र सडक आयोजनाको सक्रियतामा सडक खुलाउने काम भएको छ”, उहाँले भन्नुभयो, “खोलामा अझै बाढी आइरहेका कारण डोजरको प्रयोग गरेर एकतर्फी भए पनि अहिलेका लागि सडक खुलाइएको हो ।” सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो ।

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका कर्मचारी चन्द्रबहादुर लामाले बाढीले राजमार्ग अवरुद्ध भएपछि सडक आयोजनाले दुई वटा जेसिबी र एउटा लोडर प्रयोग गरेर सडकमा थुप्रेको लेदो हटाएर यातायात सञ्चालनमा ल्याएको बताउनुभयो । अहिले पनि खोलामा बाढी आइरहेका कारण जेसिबी परिचालन गरिरहेको उहाँले बताउनुभयो । रासस

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles