Friday, June 9, 2023

चँदाहा नदिनमा पानीको बहाव बढ्यो, सिसौ बजारका बासिन्दालाई सुरक्षीत स्थानमा राखिने

ताजा / भरखरै प्राप्त

चँदाह नदिमा पानीको बहाव वढे सँगै तीनपाटन गाउँपालिका २ सिसौ बजार उच्च जोखिममा परेको छ । बुधबार रातीबाट आएको अविरल वर्षाको कारण चँदाहा नदिमा पानीको बहाव बढेको हो । नदिमा पानीको बहाव वढे सँगै तीनपाटन गाउँपालिका २ को सिसौ बजार उच्च जोखिममा रहेको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताउनुभयो । उहाँका अनुसार उक्त बजारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ । “बजारमा बस्ने सबैको माथि गाउँमा पुरानो घर छ ।” अध्यक्ष मगरले भन्नुभयो, “सबै नागरिकलाई गाउँको घरमा जानको लागि आग्रह गरेका छौ । साथै घर सम्म पुग्ने व्यवस्था पनि मिलाई रहेका छौ ।” नदिले हजारौ खेति योग्य जग्गा कट्टान गरेको उहाँले जानकारी दिनुभयो । भालुखोलामा आएको वाढीले पनि खेतियोग्य जमिन कट्टान गरेको उहाँको भनाई छ । बेल्घारी झुगाँ देखि तल्लो पक्कि पुल सम्मको खेती योग्य जमिन कट्टान गरेको छ । साथै भिमस्थान,लगुरखोला लगातको ठाउँमा पनि वाढीले क्षेती गरेको अध्यक्ष मगरले बताउनुभयो । यस्तै गाउँपालिका सम्म पुग्ने मुल सडक खण्ड र ग्रामिण सडक खण्ड समेत पहिरोले अवरुद्ध गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles